महिमानसिंहले भने- टीकापुरमा मारिएकाहरूको माया लागेर पत्र लेखेँ « Khabarhub

महिमानसिंहले भने- टीकापुरमा मारिएकाहरूको माया लागेर पत्र लेखेँ


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट पक्राउ परेका छन् । टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीलाई पक्राउ गर्न पठाएको पत्र त्रुटिपूर्ण भएको पुष्टि भएपछि उनी पक्राउ परेका हुन् ।

प्रहरीले पक्राउ गर्नुअघि उनीसँग सर्वोच्च प्रशासनले सोधपुछ गरेको थियो । टीकापुर प्रकरणमा दोषी रेशम राष्ट्रपति रामचन्द्र पौडेलले सजाय माफी मिनाहा दिएर छुटिसकेको अवस्थामा सजाय कार्यान्वयन भन्दै विष्टले पत्र लेखेका थिए ।

‘टीकापुरमा मरेकाहरू सम्झिएर माया लाग्यो, विष्टको भनाइबारे सर्वोच्चका एक अधिकारीले भने, ‘टीकापुरमा मारिएकाहरू सम्झिएर पत्र नलेखी मेरो मनले मानेन ।’

विष्ट आफैँले जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेर बुझाएको पत्र कानुनी हिसाबले स्थापित हुने तथ्य नदेखेपछि सोधपुछ गरेर हिरासतमा पठाइएको हो ।

उनलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर भद्रकालीमा लगिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ४ : १९ बजे

देशभरका अदालतमा धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी