चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब पुग्ने, आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने « Khabarhub

चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब पुग्ने, आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब बराबरको हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आव ०८१/८२ को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धी प्रेस नोट जारी गर्दै सो अनुमान गरेको हो ।

त्यस्तै, कार्यालयले चालु आवमा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३.९९ प्रतिशत र उपभोक्ता मूल्यमा ४.६१ प्रतिशत हुने अनुमान गरेको छ । कृषि क्षेत्रको ३.२८ र गैर कृषि क्षेत्रको ४.२८ प्रतिशत वृद्धिदर हुने अनुमान कार्यालयले गरेको छ ।

साथै, प्राथमिक, द्वितीय र सेवा क्षेत्र अन्तर्गत क्रमशः ३.२५, ४.६५ र ४.२१ प्रतिशत वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । जसमध्ये कार्यालयको अनुमानअनुसार प्राथमिक, द्वितीय र सेवा क्षेत्रले चालु आवमा क्रमशः २५.६, १२.४ र ६२.० प्रतिशत योगदा पुर्याउने छन् ।

चालु चालु आवमा कुल मूल्य अभिवृद्धिको सबैभन्दा धेरै वृद्धिदर विद्युत तथा ग्यास क्षेत्रको १३.८२, यातायात तथा भण्डार क्षेत्रको ९.४५, शिक्षा क्षेत्रको १.९८ र खानी तथा उत्खनन् क्षेत्रको १.९९ प्रतिशत वृद्धिदर हुने अनुमान गरिएको छ । त्यस्तै, कुल गार्हस्थ्य उत्पादनमा कृषि, वन तथा मत्स्य क्षेत्रको २५.१६, व्यापार क्षेत्रको १४.५५, पानी आपूर्ति, ढल व्यवस्थापनको ०.४२ र खानी तथा उत्खननको ०.४६ प्रतिशत योगदान हुने अनुमान कार्यालयको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ४ : ५७ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि