अमेरिकासँग अर्को आणविक वार्ता शनिबार रोममा हुने  « Khabarhub

अमेरिकासँग अर्को आणविक वार्ता शनिबार रोममा हुने 


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरान र अमेरिकाले शनिबार रोममा इस्लामिक गणतन्त्रको आणविक कार्यक्रममा चौथो चरणको वार्ता गर्ने इरानका विदेशमन्त्रीले बताएका छन् ।

लामो समयदेखिका प्रतिद्वन्द्वीहरूले कार्यक्रमको विषयमा सम्झौताको लक्ष्य राखेर तीन चरणको वार्ता गरिसकेका छन् । पश्चिमी देशहरूका अनुसार इरानको युरेनियम संवर्धन आणविक हतियार विकास गर्ने उद्देश्यले बनाइएको हो । तेहरानले उक्त आरोपलाई अस्वीकार गर्दछ ।

ओमानको मध्यस्थतामा अप्रिल १२ मा सुरु भएको वार्ता दुई पक्षबीच वर्षौंदेखिको उच्च स्तरको सम्पर्क हो ।

‘वार्ताको अर्को चरण रोममा हुनेछ’, विदेशमन्त्री अब्बास अराघचीले बुधबार मन्त्रिपरिषद्को बैठकपछि भने। 

इरानी अधिकारीहरूले शुक्रबार सन् २०१५ को आणविक सम्झौताका पक्षहरू बेलायत, फ्रान्स र जर्मनीका प्रतिनिधिहरूसँग पनि भेट गर्ने उनले जानकारी दिए । 

यो सम्झौताले इरानको आणविक गतिविधिहरू रोक्ने बदलामा प्रतिबन्धहरू हटाउन आह्वान गरेको थियो । तर सन् २०१८ मा अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा वासिङ्टन उक्त सम्झौताबाट पछि हटेको थियो ।

फ्रान्सले युरोपेली त्रिगुटले प्रतिबन्धहरू पुनः लागू गर्नसक्ने धम्की दिएपछि इरानको संयुक्त राष्ट्र मिसनले ‘धम्की र आर्थिक ब्ल्याकमेल’ ‘पूर्ण रूपमा अस्वीकार्य’ भएको बताएको छ ।

ट्रम्पले मार्चमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई एउटा पत्र पठाएर इरानले अस्वीकार गरेमा सम्भावित सैन्य कारबाहीको चेतावनी दिँदै वार्ता गर्न आग्रह गरेका थिए ।

जनवरीमा कार्यालयमा फर्केपछि ट्रम्पले आफ्नो पहिलो कार्यकालमा जस्तै ‘अधिकतम दबाब’ प्रतिबन्ध अभियानलाई पुनर्जीवित गरेका छन् ।

तेहरानले जारी वार्तामा आणविक मुद्दा र प्रतिबन्ध हटाउने कुरामा मात्र ध्यान केन्द्रित गर्नुपर्ने कुरामा जोड दिएको छ । शनिबार ओमानको राजधानी मस्कटमा भएको अन्तिम चरणमा दुवै पक्षले प्रगति भएको बताएका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ५ : १९ बजे

विश्वकप क्रिकेट लिग–२ : अमेरिकाले ब्याटिङ रोजेपछि नेपाल बलिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले आज

एमाले सचिवालय बैठक स्थगित, सोमबार बस्ने

काठमाडौँ– नेकपा एमालेको आजका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको

इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लाले च्याम्पियन्स लिग खेल्ने पक्का

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुललाई हराउँदै एस्टन भिल्लाले अर्को

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग कर्णाली सरकारको छलफल

कर्णाली– कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को नीति

अनलाइनमार्फत घरमै नक्सा प्राप्त

भोजपुर– प्रविधिको तीव्र विकाससँगै अब घरमै बसेर जग्गाको नक्सा प्राप्त