शिक्षा सुधारका लागि एकीकृत समाजवादीका सात प्रस्ताव « Khabarhub

शिक्षा सुधारका लागि एकीकृत समाजवादीका सात प्रस्ताव


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी नेकपा एकीकृत समाजवादीले सार्वजनिक शिक्षामा सबैको पहुँच र गुणस्तरीयता सुनिश्चित गरेर दक्ष जनशक्ति निर्माणका लागि सात वटा प्रस्ताव गरेको छ । 

विगत एक महिनादेखि काठमाडौंमा नेपाल शिक्षक महासङ्घ आन्दोलनमा रहेका बेला एकीकृत समाजवादीले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदै दक्ष जनशक्ति निर्माणका लागि सात वटा प्रस्ताव गरेको हो ।   

शिक्षाले मानिसलाई समयअनुसार बौद्धिक ज्ञान तथा प्राविधिक सीपका साथ बाँच्न सक्षम बनाउनु पर्ने भए पनि वर्तमान शैक्षिक व्यवस्थाले प्राथमिक तहदेखि नै दुई खालका नागरिक उत्पादन गरिरहेको ज्ञापन पत्रमा उल्लेख छ । 

‘खासगरी सार्वजनिक शिक्षामा सबैको पहुँच र गुणस्तरीयता सुनिश्चित गरेर दक्ष जनशक्ति निर्माण गर्नु आजको चुनौती हो,’ अध्यक्ष माधवकुमार नेपालद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ, ‘यस अवस्थालाई फेर्नै पर्छ ।’ 

एकीकृत समाजवादीले शिक्षाको अवस्था परिवर्तनका लागि गरेका सात प्रस्तावहरू :  
– आगामी १० वर्षमा आधारभूत तहदेखि उच्च तहसम्मको सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाएर निजी र सार्वजनिक (सामुदायिक) शिक्षाको भिन्नता अन्त्य गरौँ । 

– सबै बालबालिकालाई विद्यालयको पहुँचको जिम्मेवारी स्थानीय पालिकाले, शिक्षाको गुणस्तरको जिम्मेवारी शिक्षक र सबै व्यवस्थापकीय संयोजनको जिम्मेवारी व्यवस्थापन समितिले गर्ने गरी प्रारम्भिक बाल विकास तथा विद्यालय शिक्षालाई पुनर्गठन गरौँ । 

– आधारभूत तहपछि विद्यार्थीको रुचि र क्षमताअनुसार ६० प्रतिशत प्राविधिक र ४० प्रतिशत सामाजिक तथा व्यवस्थापनसम्बन्धी विषयमा अध्ययनको व्यवस्था गरौँ ।

– शिक्षामा तीन तहकै सरकारले लगानी गर्ने र खर्च गर्न सक्ने क्षमताको आधारमा अभिभावकको योगदानलाई सुनिश्चित गरौँ । 

-अहिलेको पाठ्यक्रमलाई अद्यावधिक गरी अझ वैज्ञानिक तथा आधुनिक बनाऔँ । 

– माध्यमिक तहको पाठ्यक्रममा सबै विषयका विद्यार्थीका लागि अनिवार्य हुने गरी नेपाल राष्ट्रको निर्माण तथा विकासमा सबै जातजाति तथा प्राचीन सभ्यताहरूको योगदान र नागरिक अधिकार र दायित्वसम्बन्धी पाठ्य पुस्तक समावेश गरौँ । 

-उच्च शिक्षालाई पूर्णतः अनुसन्धानमुलक बनाऔँ । यसरी वास्तविक रूपले नयाँ शिक्षा व्यवस्था निर्माण गर्न सकिन्छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ५ : ५८ बजे

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने