लहान चोकको सहिद स्मारक स्थानान्तरण « Khabarhub

लहान चोकको सहिद स्मारक स्थानान्तरण


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिराहा– मधेश आन्दोलनका पाँच सहिदहरूको स्मृतिमा निर्मित यहाँको लहानस्थित मुख्यचोकमा रहेको स्मारक स्थानान्तरण गरिएको छ । उक्त स्मारक करिब दुई सय मिटर दक्षिणतर्फ रहेको तरकारी बजार कम्प्लेक्स भवन अगाडि स्थानान्तरण गरिएको हो ।

 सर्वपक्षीय सहमति अनुसार राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला चार लेन सडक निर्माणलाई गति दिन उक्त स्मारक स्थानान्तरण गरिएको लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए । स्मारक स्थानान्तरणको विषय लामो समयदेखि विवादित थियो । गत सोमबार लहान नगरपालिकाको अग्रसरतामा जिल्ला समन्वय समिति, प्रमुख जिल्ला अधिकारी, जनता समाजवादी पार्टी नेपालसहित सरोकारवालाबीच भएको छलफलमा सहमति जुटेको थियो ।

स्मारकमा मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोसहित विजय सहनी, प्रमोद सदा, बेचन यादव र मोहम्मद अनिस अन्सारीको प्रतिमा छ । यिनै सहिदहरूको सम्झनास्वरूप मधेश–प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।

कञ्चनपुर–कमला सडक विस्तार तथा स्तरोन्नतिका लागि चिनियाँ निर्माण कम्पनी ‘चाइना रेलवे–२ इञ्जीनीयरिङ ग्रुप’ले ठेक्का लिइ विगत चार वर्षदेखि काम गरिरहेको छ । यस क्रममा लहान बजारको मुख्य चोकमा ‘फ्लाइओभर’ र ‘अन्डरपास’ निर्माण गर्न स्मारक समस्या भएको थियो । 

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ६ : ३९ बजे

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार