लहान चोकको सहिद स्मारक स्थानान्तरण « Khabarhub

लहान चोकको सहिद स्मारक स्थानान्तरण


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिराहा– मधेश आन्दोलनका पाँच सहिदहरूको स्मृतिमा निर्मित यहाँको लहानस्थित मुख्यचोकमा रहेको स्मारक स्थानान्तरण गरिएको छ । उक्त स्मारक करिब दुई सय मिटर दक्षिणतर्फ रहेको तरकारी बजार कम्प्लेक्स भवन अगाडि स्थानान्तरण गरिएको हो ।

 सर्वपक्षीय सहमति अनुसार राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला चार लेन सडक निर्माणलाई गति दिन उक्त स्मारक स्थानान्तरण गरिएको लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए । स्मारक स्थानान्तरणको विषय लामो समयदेखि विवादित थियो । गत सोमबार लहान नगरपालिकाको अग्रसरतामा जिल्ला समन्वय समिति, प्रमुख जिल्ला अधिकारी, जनता समाजवादी पार्टी नेपालसहित सरोकारवालाबीच भएको छलफलमा सहमति जुटेको थियो ।

स्मारकमा मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोसहित विजय सहनी, प्रमोद सदा, बेचन यादव र मोहम्मद अनिस अन्सारीको प्रतिमा छ । यिनै सहिदहरूको सम्झनास्वरूप मधेश–प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।

कञ्चनपुर–कमला सडक विस्तार तथा स्तरोन्नतिका लागि चिनियाँ निर्माण कम्पनी ‘चाइना रेलवे–२ इञ्जीनीयरिङ ग्रुप’ले ठेक्का लिइ विगत चार वर्षदेखि काम गरिरहेको छ । यस क्रममा लहान बजारको मुख्य चोकमा ‘फ्लाइओभर’ र ‘अन्डरपास’ निर्माण गर्न स्मारक समस्या भएको थियो । 

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ६ : ३९ बजे

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका

आगामी निर्वाचनमा म्याग्दीमा उज्यालो नेपाल पाटीकाे समर्थन पुनलाई

काठमाडौं– कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनमा

मिनी ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

तनहुँ– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरेनी गाउँपालिका–२ नारीघाटमा मिनी ट्रकको ठक्करबाट

निर्वाचन प्रहरी भर्ना : तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन

बागलुङ– बागलुङमा निर्वाचन प्रहरी भर्नाका लागि तीन पटक म्याद थप

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

काठमाडौं– प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता, उपलब्धि