शिक्षकका माग बोकेर मन्त्रिपरिषद् बैठकमा निस्किए मन्त्रीहरु « Khabarhub

शिक्षकका माग बोकेर मन्त्रिपरिषद् बैठकमा निस्किए मन्त्रीहरु


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षामन्त्रीसँग शिक्षकहरूको वार्ता सकिएलगत्तै मन्त्रिपरिषद् बैठक बस्दै छ। अहिले शिक्षकहरूका माग बोकेर शिक्षामन्त्री रघुजी पन्त र गृहमन्त्री रमेश लेखक मन्त्रिपरिषद् बैठकमा सहभागी हुन् निस्किएका छन् ।

शिक्षा मन्त्रालयमा शिक्षक महासंघ सँगको छलफल सकारात्मक भएको एमाले सचेतक महेश बर्तौलाले बताएका थिए।

उनले भनेका छन्, ‘शिक्षा मन्त्रालयमा जारी शिक्षक महासंघ सँगको छलफल असाध्यै सकारात्मक ढङले अगाडि बढिरहेको छ । आज नै सहमति गरि सार्वजनिक गर्ने तयारी गरिरहेका छौं’ ।

बैठकमा नेपाल शिक्षक महासंघले अघि सारेका केही मागहरू सम्बोधन गर्ने तयारी गरिएको बताइएको छ । सरकारसँग विगतमा भएका सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने एकसूत्रीय माग अघि सारेर देशभरका शिक्षकहरू संघीय राजधानी काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।  

विद्यालय, विद्यार्थी तथा शिक्षक-कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्नका लागि सरकारमाथि दबाब सिर्जना गर्न छाता संगठन नेपाल शिक्षक महासंघको नेतृत्वमा उनीहरूले आन्दोलन गरेको २९ दिन पुगिसकेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ७ : ४५ बजे

बडादसैँको दोस्रो दिन मैतीदेवी मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको आज दोस्रो दिन । आज दसैँ

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज