ओलीसँग माधव नेपालका १३ माग, पूरा नभए आन्दोलन गर्ने « Khabarhub

ओलीसँग माधव नेपालका १३ माग, पूरा नभए आन्दोलन गर्ने


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा सिनियर नेता हुन् । दुबैले नेकपा एमालेमा लामो समय काम गरे । १५ वर्षसम्म माधव नेपाल एमालेको शीर्ष नेतृत्वमा रहे । तर, राजनीतिमा समय एकै प्रकारको हुँदैन भन्ने कुरा बुधबारको एउटा घटनाक्रमले देखायो ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेता नेपाल आफ्ना सहकर्मीका साथ बालुवाटार पुगेका थिए । भेटमा नेता नेपालले प्रधानमन्त्री ओलीलाई आफ्ना मागहरुको सूची बुझाए ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले एकीकृत समाजवादीका नेताहरुसँग खुलेर कुराकानी गरेका थिए । भ्रष्टाचारीहरुले देश विकासमा बाधा पु¥याइरहेको र आफू भ्रष्टाचारविरुद्ध लडिरहेको प्रधानमन्त्री ओलीले बताएका थिए । एकीकृत समाजवादीका नेताहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा चिया–बिस्कुटले स्वागत गरिएको थियो ।

एकीकृत समाजवादीले बुझाएको ज्ञापनपत्रबारे कुरा गर्दै प्रधानमन्त्री ओलीले आगामी बजेटबाट सम्वोधन गर्न सकिने विषयलाई सम्वोधन गरिने आश्वासन दिएका थिए ।

माधव नेपालले ओलीलाई बुझाएको ज्ञापनपत्रमा कृषि, उद्योग, रोजगारी, शिक्षा, स्वास्थ्य, पर्यटन, सुशासन, पूर्वाधार विकास, सूचना प्रविधि, विदेश नीति लगायतका विषयहरु समेटिएका छन् ।

त्यसैगरी, संविधान संशोधनको माग गर्दै मागपत्रमा भनिएको छ, ‘शासकीय स्वरूप, संघीयता, निर्वाचन प्रणाली, मौलिक हकको कार्यान्वयनलगायत सबै क्षेत्रमा संविधान कार्यान्वयनका दश वर्षको पुनरावलोकन गरेर संविधानलाई अझ समृद्ध र जनमुखी बनाउने गरी संशोधन गरौँ ।’

ओली सरकारले आफ्ना मागहरु पूरा नगरे आगामी चैत १ गतेदेखि आन्दोलनमा उत्रने एकीकृत समाजवादीका नेताहरुले जनाएका छन् ।

हेर्नुहोस् माधव नेपालले ओलीलाई बुझाएको मागपत्र–

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ८ : ३१ बजे

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की– त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान