भारतमा स्वतन्त्रपछि पहिलो पटक जाति जनगणना « Khabarhub

भारतमा स्वतन्त्रपछि पहिलो पटक जाति जनगणना


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत स्वतन्त्र भएपछि पहिलो पटक जाति जनगणना गरिने भएको छ । केन्द्रीय सरकारको मन्त्रिपरिषद् बैठकले जाति जनगणनाको स्वीकृति दिएको हो ।

केन्द्रीय मन्त्री अश्विनी वैष्णवका अनुसार मूल जनगणनासँगै जाति जनगणना पनि हुनेछ । कांग्रेससमेत सबैजसो विपक्षी दलहरुले जाति जनगणनाको माग गरिरहँदा भारतीय जनता पार्टी ९भाजपा० नेतृत्वको केन्द्रीय सरकारले यसको स्वीकृति दिएको हो ।

सन् २०२५ को आखिरमा बिहार राज्यको विधान सभा निर्वाचन हुँदैछ । त्यसअघि नै जनगणना गरिने अनुमान गरिएको छ ।

जनगणनाको शुरुआत आगामी सेप्टेम्बरदेखि शुरु हुन सक्ने बताइएको छ । यसको प्रक्रिया पूरा हुन एक वर्षसम्म लाग्न सक्नेछ ।जनगणनाको अन्तिम आँकडा सन् २०२६ को अन्तिम वा सन् २०२७ को शुरुआतसम्ममा आउने छ ।

यसअघि सन् २०११ मा पछिल्लो जनगणना भएको थियो । यो हरेक १० वर्षमा हुँदै आएकामा सन् २०२१ मा कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो ।

कांग्रेस नेता राहुल गान्धीले जाति जनगणनाका लागि आफूहरु तयार रहेको तर समय भने सरकारले तोक्नुपर्ने बताएका छन् ।

यसअघि केन्द्रीय गृहमन्त्री एवं भाजपाका पूर्वअध्यक्ष अमित शाहले सन् २०२४ को अगस्तमै जनगणना उचित समयमा गरिने बताएका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ३ : ५३ बजे

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,

वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने

काठमाडौं – सिंहदरबार वैद्यखाना विकास समितिबाट उत्पादन हुने आयुर्वेदिक औषधिको उत्पादन