चीनमा खेले रोबोटहरूले बक्सिङ, एआई टिमले जित्यो उपाधि « Khabarhub

चीनमा खेले रोबोटहरूले बक्सिङ, एआई टिमले जित्यो उपाधि


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रविधि अब काम वा अनुसन्धानमा मात्र सीमित रहेन, मनोरञ्जनको संसारमा पनि नयाँ नयाँ प्रयोग भइरहेका छन् । 

यसपटक चीनले एउटा यस्तो काम गरेको छ, जसले विश्वको ध्यान तानेको छ । पहिलो पटक रोबोटहरूबीच बक्सिङ म्याच आयोजना गरिएको छ र त्यो पनि वास्तविक झगडा जस्तै लाग्ने गरी ।

युनिटी कम्पनीले चीनको हाङ्जाओ सहरमा रहेको आफ्नो नयाँ कारखाना क्याम्पसमा यो अनौठो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको नाम ‘युनिटी आइरन फिस्ट किंगः अवेकनिङ’ थियो, जसमा चार फरक फरक नामका रोबोट आमने सामने भएका थिए ।

यी रोबोटहरू पूर्णतया स्वचालित थिएनन्, बरु तिनीहरू रिमोट मार्फत मानिसद्वारा नियन्त्रित थिए। यस म्याटको समयमा वास्तविक मुक्का र किक जस्ता चालहरू हरेक फाइटमा देख्न सकिएको थियो । प्रतियोगितामा एआई स्ट्राटेजिष्ट, सिल्क आर्टिसन, आर्मर्ड मुलान र इनर्जी गार्डियन सहभागी चार रोबोटहरू मैदानमा उत्रेका थिए ।

प्रतियोगितालाई तीन राउण्डमा विभाजन गरिएको थियो र प्रत्येक राउन्ड दुई मिनेटको थियो। अंकको प्रणाली पनि राखिएको थियो, रोबोटले हातले आक्रमण गरे एक अंक र खुट्टाले आक्रमण गरे तीन अंक पाउने नियम बनाइएको थियो ।  यदि खसेमा ८ सेकेन्ड भित्र उठ्ने मौका दिइएको थियो, अन्यथा अंकहरू कटौती गरिने नियम बनाइएको थियो ।

पहिलो प्रतिस्पर्धा एआई स्ट्राटेजिष्ट र सिल्क आर्टिसनबीच थियो। एआई रणनीतिकारले सुरुदेखि नै तीखो आक्रमण गरेर सिल्क आर्टिसनलाई कुनै मौका दिएनन्। तेस्रो राउन्डमा पुग्दा एआई स्ट्राटेजिष्टले प्रतियोगिता जित्यो।

फाइनल खेलमा एआई स्ट्राटेजिष्ट र इनर्जी गार्डियन आमनेसामने भएका थिए। प्रतियोगिता नजिकै रहेको देखिए पनि एआई स्ट्राटेजिष्टले एकपछि अर्को गरी तीनवटै राउण्ड जितेर आफूलाई विजेता साबित गरेको थियो। जुन खेलको यतिखेर विश्व भरी चर्चा परिचर्चा भइरहेको छ । न्युजकारखानाबाट साभार 

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ११ : ४४ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा