मिल सञ्चालन हुँदा स्थानीयलाई सहज « Khabarhub

मिल सञ्चालन हुँदा स्थानीयलाई सहज


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको तिला गाउँपालिका–६ मा रहेको घोडे गाउँमा कुटानी–पिसानी मिल सञ्चालनमा आएपछि स्थानीयलाई सहज भएको छ ।

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षको रु १५ लाखबाट सौर्य ऊर्जाबाट सञ्चालन हुने गरी गाउँमा पहिलोपटक मिल सञ्चालन भएको वडाध्यक्ष जङ्ग रोकायाले जानकारी दिए ।

विगतमा मिल नहुँदा यहाँका स्थानीयले कुटानी-पिसानीका लागि दुःख पाउने गरेका थिए । वडाध्यक्ष रोकायाले भने, ‘पीठोलगायत अन्य कुटानी–पिसानीका लागि दुई घण्टा हिँडेर जानुपर्ने बाध्यता थियो । हिउँदेयाममा चैत, वैशाख, जेठमा सुक्खा खडेरीका कारण खोला सुकेपछि घट्ट चल्न बन्द हुने गरेकाले छिमेकी गाउँ सुडी, रिपी र कालीकोट जिल्लाको रताड जानुपर्ने बाध्यता थियो । अब सो समस्या हटेको छ, गाउँमै कुटानी-पिसानी हुन थालेको छ ।’

मिल स्थापना भएपछि गहुँ मकैलगायत अरू अन्न कुटानी-पिसानीका लागि करिब तीन घण्टा हिँडेर घट्ट जानै पर्ने बाध्यता हाल अन्त्य भएको स्थानीयवासी दिनेश रोकायाले बताए ।रासस
 

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  १२ : ५६ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल