‘बजेटबारेको प्रतिक्रियाले खुसी छु, ६ प्रतिशतको आर्थिक वृद्धि सम्भव छ’ « Khabarhub

‘बजेटबारेको प्रतिक्रियाले खुसी छु, ६ प्रतिशतको आर्थिक वृद्धि सम्भव छ’


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बिहीबार सार्वजनिक बजेटले देशमा आर्थिक गतिविधि बढ्ने बताएका छन् ।

पौडेलले शुक्रबार अर्थमन्त्रालयमा पत्रकार सम्मलेन गर्दै नयाँ बजेट कार्यान्वयन हुन सकेमा निजी क्षेत्रको लगानी बढ्ने पनि उल्लेख गरे ।

पौडेलले बजेटबाट रोजगारीका अवसर बढ्ने बताउँदै पूर्वाधार आयोजना निर्धारित समयमा पूरा गर्न सके देशको आर्थिक वृद्धिले गति लिने उल्लेख गरे ।

उनले यो बजेटबाट ६ प्रतिशतको आर्थिक वृद्धि सम्भव हुने बताए । पौडेलले बजेटमा आएका टिप्पणीबाट खुसी लागेको बताए ।

उनले यो बजेट कार्यान्वयन गर्ने वचन पनि दिएका छन् । बजेट कार्यान्वयन कार्ययोजनामा मन्त्रालय लागिसकेको पनि बताए ।

‘बजेट कार्यान्वयनमा गएपछि सरकारले तय गरेको लक्ष्य पूरा हुन्छ’, उनले भने, ‘बजेटको अंकबार कसैको गुनासो सुनिनँन । अन्तरसरकारी वित्त हस्तान्तरण बढेको छ । आन्तरिक ऋण उठाउने सीमा ५.५ भए पनि ५.३ मा कायम राखेका छौँ।’

राजस्वबाट मात्रै विकास अघि बढाउन नसक्ने बताएका उनले स्रोतको विकल्प खोजिएको पनि जानकारी दिए । खर्च कटौती गरेर चालू खर्च सन्तुलित बनाउने खाँचो रहेको पनि उनले बताए ।

उनले आगामी दिनमा वन क्षेत्रको विवादका कारण आयोजना समयमै सुरू भएर नसकिने समस्या समाधान गरिने बताए । उनले डिजिटल भुक्तानीमा लाग्ने गरेको कर हटाइएको पनि उल्लेख गरे ।

पौडेलले कारोबार नगरेका कारदाताले कर तिर्ने ब्यवस्था पनि हटाइएको बताए । उनले बजेट कार्यान्वयन गर्न आयोजना बैंकको क्षमता बढाउने बताएका छन् ।

पौडेलले आगामी साउन मसान्तभित्र दरबन्दी पदपूर्ति गरिसक्ने, नीतिगत सुधारलाई तीव्र बनाउने पनि जानकारी दिए ।

उनले यो बजेट कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरूले अग्रसरता लिएर बेलैमा काम अघि बढाउने पनि बताए । उनले बजेट कार्यान्वयनका लागि अन्तरमन्त्रालय समन्वय बलियो बनाउने पनि उल्लेख गरे ।

पौडेलले नयाँ बजेटमा सांसदका नाममा कुनै योजना नराखिएको जानकारी दिए । ‘सांसदका नाममा कुन योजना कहाँ छन् तपाईंहरूले खोजेर देखाइदिनू’, पौडेलले भने, ‘सरकारले ल्याएको बजेट एकदम ठिक छ, यसलाई कार्यान्वयनमा लैजाँदा लक्षित आर्थिक वृद्धि सम्भव छ।’

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  २ : ३६ बजे

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्छ : नेतन्याहु

जेरूसेलम – इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्दा ट्रिपिङको समस्या, समाधानको प्रयासमा प्राधिकरण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक