वैभव सूर्यवंशीले भेटे प्रधानमन्त्री मोदी, जसलाई बुवाले खेत बेचेर सिकाएका थिए क्रिकेट | Khabarhub Khabarhub

वैभव सूर्यवंशीले भेटे प्रधानमन्त्री मोदी, जसलाई बुवाले खेत बेचेर सिकाएका थिए क्रिकेट


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहारको राजधानी पटनामा किशोर क्रिकेटर वैभव सूर्यवंशीलाई भेटेका छन् । त्यसक्रममा वैभवले प्रधानमन्त्री मोदीको पाउ छोएर आशीर्वाद लिएका छन् । उनीसँग बाबुआमा पनि थिए ।

प्रधानमन्त्री मोदीले वैभवको परिवारसँग १० मिनेट समय बिताए । तर, भेटघाटमा के कुराकानी भयो भन्ने जानकारी सार्वजनिक गरिएको छैन । प्रधानमन्त्री मोदी दुई दिने बिहार भ्रमणमा थिए । उनले फर्किने क्रममा पटना एयरपोर्टमा यो भेट भएको हो।

वैभवले १४ वर्ष २३ दिनको उमेरमा यसै सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) मा डेब्यु गरेका थिए । जुन आईपीएल को इतिहासमा सबैभन्दा कम उमेरको डेब्यु हो ।

उनले १९ अप्रिल २०२५ मा लखनऊ सुपर जायन्ट्सविरुद्ध राजस्थान रोयल्सका लागि पहिलो खेल खेले । उनले आफ्नो डेब्यु खेलमा २० बलमा ३४ रन बनाए, जसमा ३ छक्का पनि थिए । यसअघि यो कीर्तिमान प्रयास रे बर्मनको नाममा थियो, जसले १६ वर्ष १५७ दिनमा डेब्यु गरेका थिए।

यो वैभवको पहिलो आईपीएल सिजन पनि हो । उनले ७ खेलमा २५२ रन बनाए, उनको औसत ३६ र स्ट्राइक रेट २०६.५५ थियो।

उनले एक शतक र एक अर्धशतक पनि बनाए । उनलाई नोभेम्बर २०२४ मा भएको मेगा अक्सनमा राजस्थान रोयल्सले करोड १० लाख भारूमा खरिद गरेको थियो।

वैभव आईपीएलमा अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडी हुन्। उनले २० मे मा चेन्नई सुपर किङ्सविरुद्ध १४ वर्ष ३२ दिनको उमेरमा अर्धशतक बनाएका थिए। दोस्रो स्थानमा रियान पराग छन्, जसले सन् २०१९ मा १७ वर्ष १७५ दिनको उमेरमा अर्धशतक बनाएका थिए।

वैभवको नाममा आईपीएलको दोस्रो सबैभन्दा छिटो शतक पनि छ। उनले २८ अप्रिलमा गुजरात टाइटन्सविरुद्ध केवल ३५ बलमा शतक बनाएका थिए।

यसअघि क्रिस गेलले सन् २०१३ मा पुणे वारियर्सविरुद्ध ३० बलमा शतक बनाएका थिए, जुन अहिलेसम्मको सबैभन्दा छिटो शतक हो ।

वैभव आईपीएलमा सबैभन्दा छिटो शतक बनाउने भारतीय खेलाडी पनि बने। दोस्रो स्थानमा युसुफ पठान छन्, जसले सन् २०१० मा मुम्बई विरुद्ध ३७ बलमा शतक बनाए ।

वैभव सूर्यवंशीले बिहारका लागि अहिलेसम्म ५ फर्स्ट क्लास र ६ लिस्ट-ए खेल खेलेका छन्। उनले फर्स्ट क्लास खेलमा १०० रन र लिस्ट-ए खेलमा १३२ रन बनाएका छन्।

जग्गा बेचेर क्रिकेट एकेडेमीमा

वैभव सूर्यवंशी बिहारको समस्तीपुर जिल्लाको ताजपुरका बासिन्दा हुन् । २७ मार्च २०११ मा जन्मिएका वैभवले ९ वर्षको उमेरमा आफ्ना पिता सञ्जीवको मार्गदर्शनमा क्रिकेट खेल्न थालेका थिए ।

छोराको क्रिकेटप्रति मोह देखेर सञ्जीवले वैभवको तालिमको लागि आफ्नो जग्गा बेचिदिएका थिए। उनले समस्तीपुरको जेनीथ क्रिकेट एकेडेमीबाट तालिम सुरू गरेका थिए।

वैभवका कोचका अनुसार उनका बाबु सञ्जीव उनलाई खेल देखाउन प्रत्येक दोस्रो दिन १०० किलोमिटर टाढा लैजान्थे ।

वैभव अतिरिक्त अभ्यास गर्दा उनका बाबु सञ्जीवले उनका सबै १० साथी खेलाडीसम्मलाई पनि टिफिन बोकेर ल्याउँथे । त्यसो गर्दा ती साथीहरूले वैभवलाई अतिरिक्त बलिङ अभ्यासको मौका दिन्थे।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ४ : ०९ बजे

शेखर कोइरालाले भने : कांग्रेसको नेतृत्वमा सरकार नबनेसम्म देशको विकास हुन्न

खोटाङ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली जनताको

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

बैतडी – बैतडीमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

फेवातालको सीमाङ्कन गर्न पोल गाडिँदै

कास्की – पोखराको पर्यटकीयस्थल फेवातालमा सीमाङ्कन गर्न सुरु भएको छ

बढ्यो डिजेल र पेट्रोलको मूल्य, लिटरको कति पुग्यो ?

काठमाडौं – नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य

च्याम्पियनसिपको उपाधिका लागि पिएसजी र इन्टर भिड्दै

काठमाडौं – युइएफए च्याम्पियनसिपको उपाधिका लागि फ्रेन्च क्लब पेरिस सेन्टजर्मेन