एचआइडीसीयलका प्रमुख कार्यकारी अधिकृत थापाद्वारा शपथग्रहण « Khabarhub

एचआइडीसीयलका प्रमुख कार्यकारी अधिकृत थापाद्वारा शपथग्रहण


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीयल)को प्रमुख कार्यकारी अधिकृत प्रजेशविक्रम थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

एचआइडीसीएलको बिहीबारको सञ्चालक समितिको बैठकले कम्पनीको सिइओमा नियुक्त भएका प्रमुख कार्यकारी अधिकृत थापाले आज ऊर्जा मन्त्रालयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा शपथग्रहण लिएका हुन् ।

उनलाई कम्पनीका अध्यक्ष एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले शपथग्रहण गराएका हुन् । नवनियुक्त सिइओ थापा मेकानिकल इञ्जिनियर हुन् । 

उनलाई चार वर्षको कार्यकालका लागि नियुक्त गरिएको हो । पाँच जना उम्मेदवारमध्ये अन्तिम प्रस्तुति तथा अन्तर्वार्ताबाट छनोट गर्दै थापालाई कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।

त्यस अवसरमा ऊर्जामन्त्री खड्काले निश्चित लक्ष्य र उद्देश्य लिएर स्थापना भएको उक्त संस्थाले सरकारले लिएको ऊर्जा विकासको लक्ष्यलाई पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । 

जलविद्युत् क्षेत्रमा आउने लगानीलाई एचआइडीसीएलले आफ्नो कम्पनीमार्फत लगानी गर्ने गरी कार्य योजना बनाएर अगाडि बनाउनुपर्ने बताए । 

एचआइडीसीएल सरकारी संस्था भएकाले २५ मेगावाटभन्दा ठूला आयोजनामात्र नभई समस्यामा परेका साना जलविद्युत् आयोजनालाई पनि वित्तीय सहयोग गर्नुपर्ने मन्त्री खड्काले बताए । 

सचिव आचार्यले सरकारले राखेको ऊर्जा विकास मार्गचित्रको लक्ष्यलाई पूरा गर्न एचआइडीसीएलको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले समयअनुसार संस्थाको ऐन, कानुनलाई परिमार्जन गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गरे । रासस

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ४ : २१ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल