ट्रेण्ट अलेक्ज्याण्डर अर्नोल्ड रियल म्याड्रिडमा, क्लब विश्वकप खेल्ने « Khabarhub

ट्रेण्ट अलेक्ज्याण्डर अर्नोल्ड रियल म्याड्रिडमा, क्लब विश्वकप खेल्ने


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लिभरपुलका डिफेन्डर ट्रेण्ट एलेक्जेन्डर अर्नोल्ड स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्ध भएका छन् ।

इङ्लिस क्लब लिभरपुलसँगको अनुबन्ध यसै सिजनमा समाप्त भएपछि उनी फ्रीमा रियल मड्रिडमा गएका हुन् ।

अर्नोल्ड अब यही १ जुनदेखि रियल म्याड्रिडका खेलाडी बन्ने छन् । लिभरपुलले उनीसँगको सम्झौता समयभन्दा अगाडि टुंग्याउन सहमत भएसँगै उनी स्पेनको यात्रामा निस्किएका हुन् ।

लिभरपुलबाट रियल म्याड्रिडमा स्थानान्तरण भएका इंग्ल्यान्डका राइट-ब्याक अब स्पेनी क्लबमा सामेल भएर क्लब विश्वकप खेल्न पाउनेछन्।

अलेक्ज्याण्डर-अर्नोल्डले यसै सिजनमा लिभरपुल छाड्ने घोषणा गरिसकेका थिए । अब उनले रियल म्याड्रिडसँग ६ वर्षे सम्झौता गरेका छन्।

२६ वर्षीय अलेक्ज्याण्डर-अर्नोल्डले ३० जुनमा सम्झौता सकिउपछि लिभरपुलबाट बिदा हुन सक्थे । तर अब उनी क्लबले सहमति जनाएपछि एक महिनाअघि नै लिभरपुलबाट बिदा भएका हुन् ।

फिफाले यस गर्मीयामका लागि जुन १ देखि १० जुनसम्म एक अतिरिक्त स्थानान्तरण विन्डो स्वीकृत गरेको छ । जसले क्लब विश्वकपका लागि नयाँ खेलाडी दर्ता गर्न क्लबहरूलाई अनुमति दिएको छ । यो प्रतियोगिता १४ जुनदेखि अमेरिकामा सुरु हुँदैछ।

अलेक्ज्याण्डर-अर्नोल्ड ६ वर्षको उमेरमा आफ्नो जन्मथलोको क्लब लिभरपुलमा सामेल भएका थिए । उनी लिभरपुलमा रहँदा दुई प्रिमियर लिग उपाधि, च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप, युइएफए सुपर कप, एफए कप र लिग कप जिते ।

यसै महिनाको सुरुमा उनले नयाँ चुनौती अनुभव गर्न र व्यक्तिगत तथा व्यवसायिक रूपमा आफूलाई अझ अघि बढाउन क्लब छाड्ने निर्णयमा पुगेको बताएका थिए ।

अलेक्ज्याण्डर-अर्नोल्डले लिभरपुलका लागि ३५२ खेलमा २३ गोल र ८६ असिस्ट गरेका छन्।

अब उनी इङ्ल्यान्ड टिमका सहकर्मी जुड बेलिङ्घमसँग रियल म्याड्रिडबाट खेल्ने छन् । यसका साथै क्लबका पूर्वखेलाडी र हाल रियल म्याड्रिडका प्रशिक्षक जाबी अलोन्सोको कमानमा उनले खेल्न पाउने छन् ।

४३ वर्षीय अलोन्सोले कार्लो एन्चेलोटीको स्थानमा यही सिजन रियल म्याड्रिडको मुख्य प्रशिक्षक बनिसकेका छन् । क्लबले सन् २०२०-२१ यता पहिलो पटक कुनै प्रमुख घरेलु वा युरोपेली उपाधि जित्न सकेन । त्यहीकारण एन्चेलोटीलाई बिदा गरेर नयाँ प्रशिक्षक भित्र्याइएको हो ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ४ : ३८ बजे

नीति तथा कार्यक्रम पास भएपछि प्रधानमन्त्रीले बोलाए अर्थमन्त्रीलाई

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गरिएको नीति

केपीकै शैलीमा शक्ति थुपार्दै बालेन, अन्तरिम सरकारले फर्काएको गुप्तर विभाग आफैंतिर ताने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहका पछिल्ला गतिविधि नेकपाकालमा शक्तिशाली प्रधानमन्त्री बनेका

हेटौँडा–ढल्केवर प्रसारण लाइन निर्माणले गति लियो

काठमाडौं– लामो समयदेखि स्थानीयको असन्तुष्टिका कारण रोकिँदै आएको ‘हेटौँडा–ढल्केवर–दुहवी ४००

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकमा डा. वासुदेव उपाध्याय

काठमाडौं– सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकको जिम्मेवारी डा.

राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालयकै मातहत

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमा