चौदण्डीगढीमा सर्पदंश उपचार केन्द्र सञ्चालन « Khabarhub

चौदण्डीगढीमा सर्पदंश उपचार केन्द्र सञ्चालन


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरको चौदण्डीगढी नगरपालिकामा रहेको आधारभूत नगर अस्पताललाई गत जेठ ५ गते सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति दिएको थियो । आधारभूत नगर अस्पताल चौदण्डीगढीका डाक्टर अमृत कर्णका अनुसार अस्पतालमा अहिले ‘एन्टी स्नेक भेनम’ राखेर उपचार सुरु गरिएको छ ।

वर्षाको समयमा रातको समय वा दिनमै पनि स्थानीयलाई खजुरा, बिच्छी लगायतका किराको डसाई हुँदा समेत बिरामीलाई अस्पताल ल्याउने गरेका छन् । उनीहरूलाई २४ घटनासम्म बेडमा राखेर सर्पको डसाई हो वा होइन भन्ने पहिचान गरी उपचार सुरु गर्नु गर्ने चिकित्सकको भनाइ छ ।

अहिले सबै सामाग्री अस्पतालमा यथेष्ट रहेको डाक्टर कर्णले बताए । डाक्टर कर्णले सर्पको डसाइबाट बिरामीलाई निकै समस्या भएर आइसियुमा राख्नु पर्ने अवस्था भए आइसियु सम्म पुर्‍याउन आवश्यक सामाग्री समेत अहिले अस्पतालमा रहेको जानकारी दिए ।

आधारभूत नगर अस्पताल चौदण्डीगढीमा अहिले तीन जना एमबिबिएस डाक्टर र एक जना सर्पदंशका बिरामीको उपचार गर्न तालिम प्राप्त व्यक्ति रहेको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले जानकारी दिए । 

उदयपुरमा हरेक वर्ष सयौंको संख्यामा स्थानीयहरूलाई विषालु सर्पले डस्ने गरेको छ । चौदण्डीगढी आधारभूत नगर अस्पतालमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएसँगै जिल्लामा सर्पदंश उपचार केन्द्रको संख्या चार पुगेको छ । 

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ५ : ०० बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल