गण्डक जलविद्युत्को उत्पादन सुरु « Khabarhub

गण्डक जलविद्युत्को उत्पादन सुरु


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पश्चिम नवलपरासीको गण्डक नहरमा दुई महिनापछि पानी आएको छ । नहरमा पानी आएपछि प्रतापपुर गाउँपालिका–७ गुठ्ठी सूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रले बिहीबारदेखि विद्युत् उत्पादन सुरु गरेको हो । 

जलविद्युत् केन्द्रका प्रमुख पिताम्बर भुसालले मंगलबार बिहान नहरमा पानी छोडिएको बताउँदै प्राविधिक समस्याले बिहीबारदेखि उत्पादन सुरु गरिएको जानकारी दिए । उनका अनुसार अहिले नहरमा फोहर पानी आइरहेकाले तत्काल एउटा टर्वाइन सञ्चालन गरेर डेढ मेगावाटसम्म विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण ग्रिडमा जोडिएको छ ।

भुसालले भने, ‘गत फागुन २६ गतेदेखि नहरमा पानी आउन बन्द भएको थियो । पानी नभएपछि सोहीबेलादेखि विद्युत् उत्पादन पनि बन्द भएको थियो ।’ पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकास्थित गण्डक ब्यारेजबाट नहरको पानी बन्द गरिएको थियो ।

नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको जलविद्युत् केन्द्र ३१ अगस्त १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो । करिब ४४ वर्ष पुरानो गण्डक जलविद्युत्मा नहरमा पानी छोड्ने र बन्द गर्ने अधिकांश भारतीय पक्षले गर्दै आएका प्रमुख भुसालले जानकारी दिए ।

उनका अनुसार भारतको उत्तर प्रदेश गोरखपुरस्थित गोरखपुर सिँचाइ विभागले उक्त विद्युत् केन्द्रको नहरमा सरसफाइ तथा मर्मतको नाममा प्रत्येक वर्ष पानीलाई बन्द गर्दै आएको छ । गण्डक जलविद्युत् केन्द्रको १५ मेगावाट विद्युत् उत्पादन क्षमता भए पनि उत्पादन गर्न सकेको छैन । 

पुरानो उपकरण र एउटा टर्वाइन बिग्रिएकाले केन्द्रबाट अहिले चार दशमलव पाँच मेगावाटसम्म विद्युत् उत्पादन गर्ने गरेको प्रमुख भुसालले उल्लेख गरे । ‘तीनवटा टर्वाइन भए पनि दुई वटाले मात्र विद्युत् उत्पादन गर्छ, एउटा टर्वाइन बिग्रेर थन्केको छ’, उनले भने । 

गण्डक जलविद्युत् केन्द्रमा रहेका उपकरणहरू पुरानो प्रविधिअनुसार रहेकाले परिवर्तन र सुधार गर्नुपर्ने देखिएको प्रमुख भुसालले बताए । 

उनका अनुसार अहिले नेपालले भारतको विहार राज्यको रामनगरबाट विद्युत् आयात गरिरहेको छ । ‘पानीको मात्रा पूरा भएपछि हामीले यहाँबाट विद्युत् निर्यात गर्न सक्ने छौँ’, उनले भने ।
 

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ६ : २८ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले