गण्डक जलविद्युत्को उत्पादन सुरु « Khabarhub

गण्डक जलविद्युत्को उत्पादन सुरु


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पश्चिम नवलपरासीको गण्डक नहरमा दुई महिनापछि पानी आएको छ । नहरमा पानी आएपछि प्रतापपुर गाउँपालिका–७ गुठ्ठी सूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रले बिहीबारदेखि विद्युत् उत्पादन सुरु गरेको हो । 

जलविद्युत् केन्द्रका प्रमुख पिताम्बर भुसालले मंगलबार बिहान नहरमा पानी छोडिएको बताउँदै प्राविधिक समस्याले बिहीबारदेखि उत्पादन सुरु गरिएको जानकारी दिए । उनका अनुसार अहिले नहरमा फोहर पानी आइरहेकाले तत्काल एउटा टर्वाइन सञ्चालन गरेर डेढ मेगावाटसम्म विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण ग्रिडमा जोडिएको छ ।

भुसालले भने, ‘गत फागुन २६ गतेदेखि नहरमा पानी आउन बन्द भएको थियो । पानी नभएपछि सोहीबेलादेखि विद्युत् उत्पादन पनि बन्द भएको थियो ।’ पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकास्थित गण्डक ब्यारेजबाट नहरको पानी बन्द गरिएको थियो ।

नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको जलविद्युत् केन्द्र ३१ अगस्त १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो । करिब ४४ वर्ष पुरानो गण्डक जलविद्युत्मा नहरमा पानी छोड्ने र बन्द गर्ने अधिकांश भारतीय पक्षले गर्दै आएका प्रमुख भुसालले जानकारी दिए ।

उनका अनुसार भारतको उत्तर प्रदेश गोरखपुरस्थित गोरखपुर सिँचाइ विभागले उक्त विद्युत् केन्द्रको नहरमा सरसफाइ तथा मर्मतको नाममा प्रत्येक वर्ष पानीलाई बन्द गर्दै आएको छ । गण्डक जलविद्युत् केन्द्रको १५ मेगावाट विद्युत् उत्पादन क्षमता भए पनि उत्पादन गर्न सकेको छैन । 

पुरानो उपकरण र एउटा टर्वाइन बिग्रिएकाले केन्द्रबाट अहिले चार दशमलव पाँच मेगावाटसम्म विद्युत् उत्पादन गर्ने गरेको प्रमुख भुसालले उल्लेख गरे । ‘तीनवटा टर्वाइन भए पनि दुई वटाले मात्र विद्युत् उत्पादन गर्छ, एउटा टर्वाइन बिग्रेर थन्केको छ’, उनले भने । 

गण्डक जलविद्युत् केन्द्रमा रहेका उपकरणहरू पुरानो प्रविधिअनुसार रहेकाले परिवर्तन र सुधार गर्नुपर्ने देखिएको प्रमुख भुसालले बताए । 

उनका अनुसार अहिले नेपालले भारतको विहार राज्यको रामनगरबाट विद्युत् आयात गरिरहेको छ । ‘पानीको मात्रा पूरा भएपछि हामीले यहाँबाट विद्युत् निर्यात गर्न सक्ने छौँ’, उनले भने ।
 

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ६ : २८ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब