जडीबुटी चोरी निकासी रोक्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड « Khabarhub

जडीबुटी चोरी निकासी रोक्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा पाइने जडीबुटीको चोरी, पैठारी रोक्नुपर्नेमा जोड दिएका छन् । जडीबुटी कागजमा थोरै, ट्रकमा धेरै निर्यात हुने गरेकाले सरोकारवालाले यो विषयमा गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

आज वीरेन्द्रनगरमा आयोजित वन उपभोक्ता महासङ्घको कार्यक्रममा उहाँले सबैले जडीबुटीको राजधानी कर्णाली भनेपनि खोज्दा नपाइने बताए । “जडीबुटीको चोरी, निकासी, पैठारीको विषयमा मभन्दा बढी तपाईँहरू नै जानकार हुनुहुन्छ”, उनले भने, “म भर्खर एक वर्षदेखि सरकारमा छु, थोरैथोरै जान्या छु । तपाईँहरु त वर्षौँदेखि सिफारिस गरिरहनुभएको छ ।”

मुख्यमन्त्री कँडेलले वन अधिकारीहरूकै संलग्नतामा जडीबुटीको चोरी, पैठारी र निकासी हुने गरेको जानकारी आएकाले सचेत हुन आग्रह गरे ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ८ : ४६ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज