पाँच शिक्षकलाई ‘स्टार टिचर अवार्ड’ « Khabarhub

पाँच शिक्षकलाई ‘स्टार टिचर अवार्ड’


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङमा कार्यरत १३ शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक सङ्घ प्रतिनिधि, स्रोत शिक्षकलाई पुरस्कृत गरिएको छ ।

रिड नेपाल नामक संस्थाद्वारा आयोजित कार्यक्रममा ‘स्टार टिचर अवार्ड’ अन्तर्गत सरस्वती मावि तापेथोकका मित्र दाहाल, सुनदेवी मावि इखाबुकी लीला मावोहाङ, लुङथुङ आधारभूत विद्यालयका मिङमा साङग्गे शेर्पा, शीतला आधारभूत विद्यालय खेवाङकी सुमित्रा मग्रान्ती, कञ्चनजङ्घा आधारभूत विद्यालयकी कविता लिम्बू पुरस्कृत भएका छन् ।

पुरस्कृत व्यक्तित्व र संस्थालाई जनही पाँच हजारदेखि ४५ हजार रुपैयाँ नगद पुरस्कार, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रम फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्रा , शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराई लगायतले सम्मानले शैक्षिक उन्ननयमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । (रासस)

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ८ : ०९ बजे

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन : घटनाअघि नै रोकथामको प्रयास

बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई

बन्दसत्रका एजेन्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरू