पहिरोले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध « Khabarhub

पहिरोले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध भएको छ । आइतबार राति परेको अविरल वर्षाले पहिरो खस्दा उक्त सडक अन्तर्गत चन्द्रकोट गाउँपालिका– ८ र मुसिकोट नगरपािलका–५ को सिमाना नजिकै तल्लो फाँटमा सोमबार बिहान पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि सवारी आवागमन ठप्प भएको छ । सडक खुलाउन स्थानीय मजुवा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक शिवधनप्रसाद कठरियाको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।

आवागमन रोकिँदा वामीटक्सारबाट रिडिहुँदै पाल्पा र बुटवलसम्म जाने सवारी साधनसाधन बिचबाटोमा रोकिएका छन् । उक्त सडक जिल्लामा सबै भन्दा धेरै सवारी साधन सञ्चालन हुने सडक अन्तर्गत पर्दछ । (रासस)

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ८ : १५ बजे

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन : घटनाअघि नै रोकथामको प्रयास

बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई

बन्दसत्रका एजेन्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरू