संसद गालीगलौच र भ्रामक बहसमा दौडने मैदान बन्यो : मीन विश्वकर्मा « Khabarhub

संसद गालीगलौच र भ्रामक बहसमा दौडने मैदान बन्यो : मीन विश्वकर्मा


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले संसदलाई मर्यादित, व्यवस्थित, तथ्यपरक बहस र गरिमामय स्थल बनाउनु पर्नेमा जोड दिएका छन् ।

संसद दिवसको अवसरमा सोमबार सामाजिक सञ्जालमार्फत उनले संसदीय आचरण, व्यवहार, क्षमता र दक्षतासँग सांसदको मात्र नभइ सम्बन्धित दल र मुलुककै प्रतिष्ठा जोडिने भएकाले यसलाई मर्यादित बनाउन समयमै ध्यान दिनुपर्ने बताएका छन् ।

गत जेठ १२ गतेदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणलाई लिएर संसदमा अवरोध गर्दै आएकाेप्रति लक्षित गर्दै उनले संसदमा हुने सबै गतिविधि भावी पुस्ताका लागि शिक्षा हुने भएकाले मर्यादित, व्यवस्थित, तथ्यपरक बहस र गरिमामय बनाउनु पर्नेमा जोड दिएका छन् । उनले संसद जनताको सार्वभौम अधिकार सम्पन्न राज्यको सर्वोच्च अङ्ग भएको नबिर्सन पनि आग्रह गरेका छन् । 

उनले भनेका छन्, ‘संसदप्रति मुलुककै प्रतिष्ठा जोडिएको हुन्छ, सम्बन्धित पदाधिकारी, सदस्य, संस्था र दलको बेलैमा ध्यानाकर्षण हुनु जरूरी छ । बानी साह्रै बिग्रिएपछि सच्याउन कठिन हुन्छ ।’

उनले पहिलेका संसदीय गतिविधिमा विवाद, झडपहरू नीतिगत र विषय केन्द्रित हुने गरेको स्मरण गर्दै २०७९ साल पछिको वर्तमान संसद भने अधिकांश असंसदीय, विषयवस्तु विहीन, व्यक्ति विशेष, तथ्यहीन, स्तरहीन गालीगलौच र भ्रमात्मक बहसमा दौडने मैदान बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनले यस्तो अवस्था नागरिक अधिकार रक्षा  र संसदीय व्यवस्थाको उन्नत विकास र अभ्यासका लागि कदापी राम्रो नहुने उल्लेख गरेका छन् । 

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ८ : ५१ बजे

दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर)

पोखरा– नेपालीहरूको महान् पर्व वडादशैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या