डेब्यू फिल्ममा पल शाहसँग स्क्रिन सेयर गर्दै मोडल अञ्जना पुन « Khabarhub

डेब्यू फिल्ममा पल शाहसँग स्क्रिन सेयर गर्दै मोडल अञ्जना पुन


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक पल शाहको डेब्यू निर्माण रहेको फिल्म ‘यानी माया’ को छायाङ्कन साउन पहिलो साताबाट सुरु हुने बताइएको छ ।

अहिले यस फिल्मका लागि कलाकार चयनको काम भइरहेको छ । फिल्मको शीर्ष नायक पल आफैँ हुन् । नायिकामा म्युजिक भिडियोकी चर्चित मोडल अञ्जना पुन फाइनल भएकी छन् । निर्माण पक्षले उनीसँग कागजी सम्झौता भएको सोमबार सार्वजनिक गरेको छ ।

अञ्जनाको यो डेब्यू फिल्म हुनेछ । अर्थात्, डेब्यू फिल्ममै उनले पल शाहसँग स्क्रिन सेयर गर्न पाउने भएकी छन् । यद्यपि उनले केही म्युजिक भिडियोमा पलसँग सहकार्य गरिसकेकी छन् ।

अञ्जना एक दशकदेखि मोडलिङ र म्युजिक भिडियो अभिनयमा सक्रिय छिन् । यही फिल्मबाट विकास सुबेदीले निर्देशनमा डेब्यू गर्दैछन् । फिल्मको लेखक पनि सुबेदी आफैँ हुन् । उनले यसअघि फिल्महरू ‘प्रकाश’, ‘पुजार सार्की’ र ‘महाभोज’ लेखेका थिए ।

फिल्मको छायाङ्कन बागलुङ र हङकङमा हुने बताइएको छ । फिल्मको निर्माता पल र चन्द्रज्योति आले हुन् ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १२ : ४६ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत १३ गते शुक्रबार चैत

आज २०८२ साल चैत १३ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १३ गते शुक्रबार चैत

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक