युवाको सृजनात्मकता जोश र चेतनालाई व्यवहारिक रूपान्तरण गरौँ : उपराष्ट्रपति यादव | Khabarhub Khabarhub

युवाको सृजनात्मकता जोश र चेतनालाई व्यवहारिक रूपान्तरण गरौँ : उपराष्ट्रपति यादव


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाहरूको सृजनात्मकता जोश र चेतनालाई व्यवहारिक रूपान्तरण गर्नका लागि सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।  

सोमबार राष्ट्रिय युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले युवाहरूका विचारलाई व्यावसायिक योजनाहरूमा बदल्नका लागि सहजीकरणको नेतृत्व गर्दै जोखिम उठाउने गरी हौसला बढाउन र सफलताको मार्गचित्र देखाउन जरुरी रहेको समेत बताए । यस्ता कार्य सरकारले मात्रै नभई निजी क्षेत्र, शैक्षिक क्षेत्र, वित्तीय निकाय र नागरिक समाज मिलेर गर्नुपर्नेमा उनले जोड दिए ।

उपराष्ट्रपति यादवले युवाहरूलाई व्यवसाय सुरु गर्न आवश्यक पुँजीको पहुँच सुनिश्चित र त्यसका लागि आवश्यक सिप र ज्ञान प्रदान गर्न अब ढिलाइ गर्न नहुने धारणा राखे ।

उनले व्यावसायिक योजना बजारको पहुँच ब्रान्डिङ लगायतका विषयमा मार्गदर्शन गर्न जरुरी रहेको बताए । युवाका आवाजलाई नीति निर्माणमा समावेश गर्ने तर्फ पनि सबैको ध्यान जानुपर्ने उनले बताए ।  

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकमा लगानीको वातावरण बनाए पनि पुँजी प्रवाह हुन नसकेको बताए । उनले बस्तुका साथै सेवालाईसमेत निर्यात गर्न सक्ने अवस्था सिर्जना भएको भन्दै युवाहरूले त्यसलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए ।  

त्यस्तै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राज्यको सीमित स्रोत साधनका कारण युवाहरूलाई स्वदेशमा रोजगार दिन नसकेकाले लाखौँ युवाहरू विदेश जान बाध्य भएको बताए । उनले स्वदेशमा नै रोजगारी सिर्जना गर्नका लागि सीपमूलक शिक्षाको आवश्यकता रहेको उल्लेख गरे  ।  

स्वदेशमा नै केही गर्न चाहने युवाहरूलाई तीनै तहका सरकारले प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १ : ०३ बजे

लुम्बिनी प्रदेश सरकारअन्तर्गतको क्षति विवरण सार्वजनिक

लुम्बिनी– जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेश सरकार र मातहतका विभिन्न

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज

आन्दोलनका क्रममा चोरी तथा लुटिएका सामान खोज्दै प्रहरी

बागमती– जेन–जी आन्दोलनका क्रममा हेटौँडास्थित विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट

भद्रकाली मन्दिर परिसरमा विश्वकर्मा पूजा गर्नेहरूको भीड (तस्बिरहरू) 

काठमाडौं– आज कालिगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया रोकियो

काठमाडौं – वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने