फिल्म ‘मिरमिरे’को वर्कसपमा दयाहाङ र प्रकाश « Khabarhub

फिल्म ‘मिरमिरे’को वर्कसपमा दयाहाङ र प्रकाश


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक दयाहाङ राई र प्रकाश सपुत शीर्ष भूमिकामा रहने फिल्म ‘मिरमिरे’को वर्कसप आइतबारबाट सुरु भएको छ ।

फिल्मका शीर्ष कलाकार दयाहाङ, प्रकाश र नायिका सिर्जना निङ्लेखु वर्कसपमा सहभागी छन् ।

छोटो समय वर्कसप गरेर निर्देशक यम शेर्पा यही शुक्रबारबाट छायाङ्कनमा निस्कने तयारीमा छन् ।

निर्देशक शेर्पा भन्छन्, ‘वर्कसपमा बस्न सबै कलाकारको समय मिल्यो । अब छायाङ्कन छिटो सक्न सहयोग पुग्नेछ ।’

यो फिल्मका लेखक पनि शेर्पा आफैँ हुन् । आधाभन्दा बढी छायाङ्कन काभ्रेमा हुने निर्देशक शेर्पा बताउँछन् ।

यमले दयाहाङ र नायिका सिर्जनासँग दोस्रो पटक सहकार्य गर्न लागेका हुन् । यमको डेब्यू फिल्ममा पनि यी दुई नायक–नायिका थिए ।

प्रकाशसँग भने यमले पहिलो पटक सहकार्य गर्न लागेका हुन् । यस फिल्मको निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा हुन् ।

वर्कसपको थप तस्बिरहरु :

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १ : ५९ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत १३ गते शुक्रबार चैत

आज २०८२ साल चैत १३ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १३ गते शुक्रबार चैत

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक