अन्तत: परेश रावल फर्किए ‘हेरा फेरी ३’मा « Khabarhub

अन्तत: परेश रावल फर्किए ‘हेरा फेरी ३’मा


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड हिट फिल्म ‘हेरा फेरी’को सिक्वेल ‘हेरा फेरी-३’ अब दर्शकले हेर्न पाउने भएका छन्।

परेश रावल र निर्माण पक्षबीच सहमति भएपछि यस फिल्मको छायाङ्कनको अन्योलता हटेको हो ।

परेश रावलले ‘हेरा फेरी ३’मा आफ्नो अभिनय रहने हिमान्सु मेहताको पोस्डकास्टमा खुलासा गरेका छन् ।

उनले घुमाउरो शैलीमा फिल्मका फर्किएको जानकारी दिँदै भने, ‘म पहिला पनि फिल्म गर्ने पक्षमै थिएँ । केही ट्युनिङ मिलेको थिएन ।’

परेश ‘हेरा फेरी’ सिरिजको शीर्ष कलाकार ‘बावु राव’को भूमिकामा छन् । यस सिक्वेलका निर्मातासमेत रहेका अक्षयसँग उनको सम्बन्ध बिग्रिएको थियो ।

विभिन्न भारतीय मिडियाका रिपोर्ट अनुसार पारिश्रमिकको विषयमा अक्षय र परेशबीच मनमुटाव भएको हो ।

यस फिल्मका लागि परेशले २५ करोड पारिश्रमिक मागेको चर्चा छ ।

परेशले सम्झौतापछि यो फिल्मबाट बाहिरिएको घोषणा गरेका थिए । अक्षयले उनलाई सम्झौता तोडेका कारण कानुनी पत्रसमेत पठाएका थिए ।

उक्त पत्र पाएपछि परेशले आफूले लिएको ११ लाख अग्रिम भुक्तानी र त्यसको ब्याजसमेत फिर्ता गरेका थिए ।’

त्यसपछि यो फिल्ममा उनी नरहने निश्चित जस्तै अवस्था सिर्जना भएको थियो । तर, अहिले परेशले दर्शक सप्राइज हुने खुलासा गरेका हुन् ।

यो पनि : ‘हेराफेरी ३’ विवादले परेश रावल ‍दिक्क – भन्छन्- मुक्ति चाहियो

केहीले फिल्मको प्रचारका लागि अक्षय र परेशले फन्डा रचेको समेत अड्कल लगाएका थिए ।

यस सिरिजमा परेश र अक्षयसहित सुनील सेट्टी पनि छन् । फिल्ममा यी तीनको दोस्ती दर्शकले मन पराएको पाइन्छ ।
‘हेरा फेरी ३’को निर्देशक प्रियदर्शन हुन् ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  २ : १५ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित