श्रीमतीको हत्या भएको तीन वर्षपछि श्रीमान् पक्राउ « Khabarhub

श्रीमतीको हत्या भएको तीन वर्षपछि श्रीमान् पक्राउ


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रीमतीको हत्या भएको तीन वर्षपछि श्रीमान् पक्राउ परेका छन् ।  

पक्राउ पर्नेमा ईशनाथ नगरपालिका ७ घिउरा गाउँ निवासी फैयाद मियाँ मन्सुरी रहेको रौतहट प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीले बताए ।

२०७८ माघ २६ गते बिहान करिब १०:४५ बजे  ईशनाथ नगरपालिका  ४  मठीया टोलस्थित भगाई साहको गहुँको खेतमा २० वर्षीया युवतीको शव फेला परेको थियो ।

मृतक युवतीको नाम श्रीमती चाँदनी मन्सुरी रहेको र उनको घाँटी सालले बेरिएको, मुखमा साल कोची जघन्य हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।

उक्त घटनामा संलग्न रहँदै फरार रहेका मृतकका श्रीमान फैयाद मियाँ मन्सुरीलाई प्रहरीले विशेष सूचनाका आधारमा गत १३  गते पक्राउ गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी प्रवक्ता तथा सूचना अधिकारी डिएसपी दिपककुमार रायद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

मन्सुरले के कारणले आफ्नै श्रीमतीको हत्या गरेको बारे प्रहरीले खुलाएको छैन ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ३ : ४० बजे

आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सले

सुरु भयो एसईई (तस्बिरहरू)

काठमाडौँ– यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प

इन्डोनेसिया – इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका

बालाजुको बाइसधारा मेला (तस्बिरहरू)

काठमाडौँ– चैत शूक्ल पूर्णिमा दिन आज ऐतिहासिक महत्व बोकेको काठमाडौँको

सिर्जनाको शरीरमा कसले लगायो आगो ? प्रहरीले अझै फेला पारेन सुराग

काठमाडौँ- चैत १४ गते शनिबार राति करिब १२ बजेतिर नेपालगञ्ज–१२