९ अंकले बढ्यो नेप्से, ६ अर्ब ३८ करोड बढीको कारोबार   « Khabarhub

९ अंकले बढ्यो नेप्से, ६ अर्ब ३८ करोड बढीको कारोबार  


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१९ अंकले बढेको छ । नेप्से ०.३५ प्रतिशतले बढेर २६३१.४८ विन्दुमा पुगेको छ । 

नेप्से बढ्दा ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार रुपैयाँ बराबरको १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर कारोबार भएको छ । 

नेप्से बढ्दा सोमबार १४५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । 

सोमबार दिनभरमा ३१८ वटा कम्पनी कारोबारमा आउँदा ६३ हजार ३७१ पटक शेयर किनबेच भएको छ । सोमबार १३ वटा समूहमध्ये ९ वटा समूह बढेको छ भने ४ वटा समूह घटेको छ । सबैभन्दा बढी उत्पादन समूह १.६३ प्रतिशतले बढेको छ भने सबैभन्दा कम लगानी समूह ०.०२ प्रतिशतले बढेको छ । 

सबैभन्दा बढी अन्य समूह ०.३६ प्रतिशतले घटेको छ भने सबैभन्दा कम होटल तथा पर्यटन समूह ०.०३ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ३ : ४१ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी