९ अंकले बढ्यो नेप्से, ६ अर्ब ३८ करोड बढीको कारोबार   « Khabarhub

९ अंकले बढ्यो नेप्से, ६ अर्ब ३८ करोड बढीको कारोबार  


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१९ अंकले बढेको छ । नेप्से ०.३५ प्रतिशतले बढेर २६३१.४८ विन्दुमा पुगेको छ । 

नेप्से बढ्दा ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार रुपैयाँ बराबरको १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर कारोबार भएको छ । 

नेप्से बढ्दा सोमबार १४५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । 

सोमबार दिनभरमा ३१८ वटा कम्पनी कारोबारमा आउँदा ६३ हजार ३७१ पटक शेयर किनबेच भएको छ । सोमबार १३ वटा समूहमध्ये ९ वटा समूह बढेको छ भने ४ वटा समूह घटेको छ । सबैभन्दा बढी उत्पादन समूह १.६३ प्रतिशतले बढेको छ भने सबैभन्दा कम लगानी समूह ०.०२ प्रतिशतले बढेको छ । 

सबैभन्दा बढी अन्य समूह ०.३६ प्रतिशतले घटेको छ भने सबैभन्दा कम होटल तथा पर्यटन समूह ०.०३ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ३ : ४१ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले