सर्वाधिक व्यापार गर्ने २५ को सूचीमा अटेनन् अनमोलका फिल्म, प्रदीपका दुईवटा परे « Khabarhub

सर्वाधिक व्यापार गर्ने २५ को सूचीमा अटेनन् अनमोलका फिल्म, प्रदीपका दुईवटा परे


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र विकास बोर्डले २५ औं वार्षिक उत्सवमा सबैभन्दा बढी व्यापार गर्ने फिल्मको सूची सार्वजनिक गरेको छ ।यो सूचीमा अहिलेका चल्तीका स्टार अनमोल केसीका कुनै पनि फिल्म पर्न सकेनन् ।

सार्वधिक कमाउने फिल्मको सूचीको अन्तिममा ‘पशुपतिप्रसाद : भष्मे डन २’ छ । यसले ७ करोड ३२ लाखभन्दा केही बढी व्यापार गरेको छ ।

अर्थात्, एकै फिल्ममा ५० लाख पारिश्रमिक लिने अनमोलका फिल्मले उक्त रकमभन्दा कम व्यापार गरेको विकास बोर्डको आँकडाबाट बुझ्न सकिन्छ । उता अनमोलका प्रतिस्पर्धीसमेत रहेका नायक प्रदीप खड्काका दुई फिल्म सबैभन्दा बढी व्यापार गर्ने सूचीमा छन् ।

उनको फिल्म ‘प्रेम गीत ३’ र ‘पुजार सार्की’ यो सूचीमा अटाएका छन् । ‘प्रेम गीत ३’ले ७ करोड ६३ लाख र ‘पुजार सार्की’ ७ करोड ३८ लाख ग्रस कलेक्सन गरेको छ ।

प्रदीप र अनमोल दुवै नेपाली सिनेमा क्षेत्रका स्टार नायक हुन् । उनीहरू दुवै महँगो पारिश्रमिक बुझ्ने कलाकारमा गनिन्छन् । त्यही कारण यी दुवैलाई एक अर्काको प्रतिस्पर्धी मान्ने गरिन्छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ४ : १८ बजे

रास्वपाका किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौं- धनुषा निर्वाचन क्षेत्र १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात

वीरगञ्ज (पर्सा)- वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा

इरान आक्रमणका लागि अमेरिकी राष्ट्रपतिको निर्देशन र कारबाहीको थालनी र लक्ष्य

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलको संयुक्त कारबाहीका

प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौं– चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते

पत्रकार विराट अनुपमको पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक

काठमाडौं– पत्रकार विराट अनुपमद्वारा लिखित ‘पहिलो आमनिर्वाचन २०१५’ मंगलबार राजधानीमा