नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा तीन जना व्यवसायी मनोनीत « Khabarhub

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा तीन जना व्यवसायी मनोनीत


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा तीन जना व्यवसायी मनोनीत भएका भएका छन् । मनोनीत हुनेहरूमा राजकुमार न्यौपाने, सरस्वती राई र कमल कुमार श्रेष्ठ रहेका छन् ।

न्यौपाने महासंघका पूर्व केन्द्रीय कार्यकारिणी सदस्य तथा मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, श्रेष्ठ महासंघका पूर्व केन्द्रीय कार्यकारिणी सदस्य एवं सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा राई नेपाल हर्ब्स एण्ड हर्बल उत्पादक संघका अध्यक्ष एवं महासंघको महिला उद्यमी विकास समितिका उपसभापति छन् । 

तिनै जनालाई महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधानको दफा २९ को उपदफा २९.२ को खण्ड (च) १० अनुसार कार्यकारिणी समितिमा मनोनयन गरेका हुन् । 

अध्यक्ष ढकालले मनोनीत तीनै जना सदस्यहरुबाट महासंघको गतिविधिलाई प्रभावकारी बनाउन सहयोग प्राप्त हुने विश्वास गरेको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ४ : ५५ बजे

ओखलढुंगामा काग्रेसको उम्मेदवार फेरियो, खतिवडाको सट्टा लुइँटेललाई टिकट

काठमाडौं– नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्यका लागि ओखलढुंगामा कुमार लुइँटेललाई

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल