खेलाडी र खेल पत्रकार पुरस्कृत « Khabarhub

खेलाडी र खेल पत्रकार पुरस्कृत


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद प्रतिभा एवम् खेल पत्रकारिता पुरस्कार वितरण गरेको छ । 

सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच खेलकुदमन्त्री तेजुलाल चौधरीले ६ जना खेलाडीलाई राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार प्रदान गरे ।

पुरस्कृत हुने खेलाडीमा भरत सिंह महता(पारा तेक्वान्दो), प्रेम बहादुर लिम्वु( तेक्वान्दों), विर बहादुर महरा (तेक्वान्दो), अनुजा कुलुकङ राई(कवड्डी), मानमती विष्ट(कवड्डी) र दिपा शाही (फुटबल) रहेका छन् । 

पुरस्कारको राशी १ लाख रुपैयाँ रहेको छ । त्यस्तै मन्त्री चौधरीले प्रतीक्षक तर्फ कविराज नेगी लामा(तेक्वान्दो), निर्णायकतर्फ धन कुमार मैनाली(बक्सिङ) र चिकित्सकतर्फ राजु डंगोललाई पुरस्कृत गरे । पुरस्कार प्रदान गर्दै मन्त्री चौधरीले निष्पक्ष रूपमा छनौट गरी राष्ट्रिय खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार प्रदान गरिएको बताए ।  

त्यस्तै, मन्त्रालयले खेलकुद पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने पत्रकार श्रीलोचन राजोपाध्याय लाई ५० हजार रुपैयाँ राशिसहितको खेलकुद पत्रकारिता सम्मान प्रदान गरेको छ भने अन्य ९ जना पत्रकारहरूलाई २५ हजार रुपैयाँ राशीसहितको खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । 

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ५ : १८ बजे

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

ईभी कारमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान