कैलालीका बस्ती बाढीको जोखिममा : मदन भण्डारी फाउन्डेशनको प्रशासनलाई ज्ञापन पत्र | Khabarhub Khabarhub

कैलालीका बस्ती बाढीको जोखिममा : मदन भण्डारी फाउन्डेशनको प्रशासनलाई ज्ञापन पत्र


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

धनगढी– आगामी दिनहरूमा हुने भारी वर्षाका कारण कैलाली जिल्लाका विभिन्न स्थानहरू बाढीको उच्च जोखिममा रहेको भन्दै मदन भण्डारी फाउन्डेशनले जिल्ला प्रशासन कार्यालय, कैलालीलाई तत्काल तयारी गर्न माग गरेको छ।

फाउन्डेशनले आइतबार जिल्ला प्रमुख अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी, जोशीपुर र कैलारी गाउँपालिकाका बस्तीहरू डुबानको सम्भावित क्षेत्रमा रहेको उल्लेख छ ।

मौसम पूर्वानुमान अनुसार असार १५ देखि लगातार तीन दिनसम्म भारी वर्षा हुने भएकाले मेल खाल, खोल्साखोल्सी डुबानमा पर्ने र बस्ती प्रभावित हुने खतरा बढेको फाउन्डेशनको भनाइ छ।

ज्ञापनपत्रमा भनिएको छ, ‘प्रभावित क्षेत्रका जनतालाई सुरक्षित स्थानमा सार्ने, उद्धार टोली तयारी अवस्थामा राख्ने र राहत सामग्रीको व्यवस्थापन गर्ने काममा प्रशासन गम्भीर हुनुपर्छ।’ 

मदन भण्डारी फाउन्डेशनका जिल्ला अध्यक्ष रामचन्द्र जोशीले हस्ताक्षर गरेको ज्ञापनपत्रमा राहत, उद्धार र जोखिम न्यूनीकरणका लागि आवश्यक सबै निकायसँग समन्वय गर्न आग्रह गरिएको छ।

फाउन्डेशनले प्रभावित क्षेत्रका नागरिकहरूलाई समयमै सुरक्षित स्थानमा सार्न र जनधनको क्षति रोक्न तत्काल कदम चाल्न प्रशासनलाई आग्रह गरेको छ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ५ : ४९ बजे

‘स्वतन्त्र व्यापार सम्झौताले भारत र बेलायत दुबै मुलुक लाभान्वित’

काठमाडौं– दक्षिण एशियाका लागि बेलायतकी व्यापार उपायुक्त एन्ना शोटबोल्टले भारत

अमेरिकामा नयाँ भन्सार शुल्कको प्रभाव : ठूला बन्दरगाहमा भीड, साना बन्दरगाहमा मन्दी

एजेन्सी – अमेरिकाले चाँडै नयाँ भन्सार शुल्क लागु गर्न लागेको

नेटवर्किङबाट ठगी गर्ने गिरोह नै पक्राउ

सुर्खेत – नेपाल प्रहरीले सुर्खेतमा नेटवर्किङ माध्यमबाट ठगी गर्ने गिरोहलाई

निजामती विधेयकमा कुलिङ पिरियड हटाउन खोजे सरकार टिक्दैन : काङ्ग्रेस महामन्त्री शर्मा

भक्तपुर – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निजामती सेवा विधेयकको

अपाङ्गता भएका चिनियाँ बालबालिकाको शिक्षामा उल्लेखनीय प्रगति

एजेन्सी – चीनमा अपाङ्गता भएका बालबालिका र किशोरकिशोरीहरूको अनिवार्य शिक्षामा