कैलालीका बस्ती बाढीको जोखिममा : मदन भण्डारी फाउन्डेशनको प्रशासनलाई ज्ञापन पत्र « Khabarhub

कैलालीका बस्ती बाढीको जोखिममा : मदन भण्डारी फाउन्डेशनको प्रशासनलाई ज्ञापन पत्र


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

धनगढी– आगामी दिनहरूमा हुने भारी वर्षाका कारण कैलाली जिल्लाका विभिन्न स्थानहरू बाढीको उच्च जोखिममा रहेको भन्दै मदन भण्डारी फाउन्डेशनले जिल्ला प्रशासन कार्यालय, कैलालीलाई तत्काल तयारी गर्न माग गरेको छ।

फाउन्डेशनले आइतबार जिल्ला प्रमुख अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी, जोशीपुर र कैलारी गाउँपालिकाका बस्तीहरू डुबानको सम्भावित क्षेत्रमा रहेको उल्लेख छ ।

मौसम पूर्वानुमान अनुसार असार १५ देखि लगातार तीन दिनसम्म भारी वर्षा हुने भएकाले मेल खाल, खोल्साखोल्सी डुबानमा पर्ने र बस्ती प्रभावित हुने खतरा बढेको फाउन्डेशनको भनाइ छ।

ज्ञापनपत्रमा भनिएको छ, ‘प्रभावित क्षेत्रका जनतालाई सुरक्षित स्थानमा सार्ने, उद्धार टोली तयारी अवस्थामा राख्ने र राहत सामग्रीको व्यवस्थापन गर्ने काममा प्रशासन गम्भीर हुनुपर्छ।’ 

मदन भण्डारी फाउन्डेशनका जिल्ला अध्यक्ष रामचन्द्र जोशीले हस्ताक्षर गरेको ज्ञापनपत्रमा राहत, उद्धार र जोखिम न्यूनीकरणका लागि आवश्यक सबै निकायसँग समन्वय गर्न आग्रह गरिएको छ।

फाउन्डेशनले प्रभावित क्षेत्रका नागरिकहरूलाई समयमै सुरक्षित स्थानमा सार्न र जनधनको क्षति रोक्न तत्काल कदम चाल्न प्रशासनलाई आग्रह गरेको छ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ५ : ४९ बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति