भ्रातृ संगठनहरूले महाधिवेशनका लागि गरेको प्रस्तावबारे गगनले गराए बैठकलाई जानकारी  « Khabarhub

भ्रातृ संगठनहरूले महाधिवेशनका लागि गरेको प्रस्तावबारे गगनले गराए बैठकलाई जानकारी 


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघले आगामी भदौ ३ गते महाधिवेशन गर्ने तयारी गरेको छ । महामन्त्री गगनकुमार थापाले सोमबार केन्द्रीय कार्यसमिति बैठकमा किसान महासंघले महाधिवेशनका लागि पार्टी समक्ष मिति प्रस्ताव गरेको जानकारी गराएका छन् । 

‘नेपाल किसान महासंघले भदौ ३ गते महाधिवेशन गर्ने भनेर पार्टीलाई जानकारी गराएको छ,’ उनले भने । 

महामन्त्री थापाका अनुसार अर्को भ्रातृ संगठन नेपाल थारू संघले महाधिवेशनका लागि दुईवटा मिति प्रस्ताव गरेको छ । 

‘नेपाल थारु संघले दुईवटा मिति प्रस्ताव गर्नुभएको छ,’ उनले भने, ‘एउटा असोज २५ देखि २७ गतेसम्म अर्को भाद्र २८ देखि ३० ।’ 

पार्टीले भदौमा महाधिवेशन गर्न निर्देशन दिए थारु संघले कैलालीको टीकापुरमा महाधिवेशन आयोजना गर्ने मनस्थिति बनाएको छ ।  

‘भाद्र २८ देखि ३० कैलालीको टीकापुरमा गर्ने भन्ने सोच बनाएको देखिन्छ । मौसमको कारणले गर्दा अप्ठ्यारो हुन्छ कि पनि भन्नुभएको छ,’ थापाले भने, ‘पार्टीले हुन्छ भन्यो भने हामी भाद्रमै गर्न तयार छौँ भन्ने उहाँहरूको कुरो छ ।’ 

यस्तै अर्को भ्रातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघले भदौ २० र २१ गते महाधिवेशनका लागि पार्टीसमक्ष प्रस्ताव गरेको छ । 
थापाले नेपाल तरूण दलको महाधिवेशन मंसिर २६–२८ मा गर्ने गरी प्रस्ताव गरेका छन् । 

महामन्त्री थापाले बैठकमा आगामी माघ मसान्तभित्र सबै भ्रातृ संगठनहरूको महाधिवेशन गरिसक्नुपर्ने प्रस्ताव गरेका छन् ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ५ : ४४ बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति