एलजी नेपालले प्रस्तुत गर्‍यो ‘एफेक्सनेट इन्टेलिजेन्स’ « Khabarhub

एलजी नेपालले प्रस्तुत गर्‍यो ‘एफेक्सनेट इन्टेलिजेन्स’


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एलजी नेपालले ग्लोबल इनोवेसनको अवधारणा एफेक्सनेट ‘इन्टेलिजेन्स’ लाई दुईदिने कार्यक्रममार्फत सार्वजनिक गरेको छ ।

शुक्रबार डिलरहरूका लागि र शनिबार सर्वसाधारण, मिडिया तथा इन्फ्लुएन्सरका लागि आयोजना गरिएको यस कार्यक्रममा एलजीको भविष्यमुखी प्रविधिको अनुभव गराइइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एफेक्सनेट इन्टेलिजेन्स एलजीको आर्टीफिसिए इन्टेलिजेन्सप्रति राखिएको विशेष दृष्टिकोण हो, जहाँ एआई केवल बुद्धिमान नभई संवेदनशील र उत्तरदायी रहेको छ, जसले प्रविधि र मानवबीचको सम्बन्धलाई अझ घनिष्ठ बनाउँछ ।

यस अवसरमा एलजीले आगामी पुस्ताका एआई प्रविधिद्वारा सञ्चालित समाधानहरू प्रस्तुत गर्‍यो, जुन नवप्रवर्तनमा आफ्नो प्रतिबद्धता र उद्देश्यप्रति समर्पणको प्रमाण थियो ।

 कार्यक्रममा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपालमा एलजीको सुरुवाती यात्रा र डिलर तथा साझेदारहरूको निरन्तर समर्थनप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा निम्न  म्यानेजिङ डाइरेक्टर, एलजी इलेक्ट्रोनिक्स सिंगापुरका फावियन कुन्हो ली,  म्यानेजिङ डाइरेक्टर, एलजी इलेक्ट्रोनिक्स बंगलादेशका जेराल्ड सुन्घो चुन  म्यानेजिङ डाइरेक्टर, चौधरी ग्रुपका निर्वाण चौधरीलगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ६ : १९ बजे

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका