नागार्जुनका मेयरलाई सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दामा ८ वर्ष सजाय, २६ करोड २५ लाख जरिवाना « Khabarhub

नागार्जुनका मेयरलाई सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दामा ८ वर्ष सजाय, २६ करोड २५ लाख जरिवाना


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको नागार्जुन नगरपालिकाका नगरप्रमुख (मेयर) मोहनबहादुर बस्नेतलाई सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दामा ३ वर्ष ३ महिना कैद सजाय हुने फैसला विशेष अदालतले सुनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ पुस २०८१ मा दायर गरेको मुद्दामा विशेष अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रामबहादुर थापाले यसअघि नै दोषी ठहर गरेको मुद्दामा सोमबार सजाय र जरिवाना निर्धारण गरिएको हो ।

अदालतले बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानासहितको कडा सजाय सुनाएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अदालतले दोष प्रमाणित भएको ठहर गर्दै सजाय निर्धारण गरेको हो।

भ्रष्टाचार मुद्दाको फैसला

घुस र रिसवत लेनदेनमा बस्नेतसहित चार जनामाथि अख्तियारले मुद्दा चलाएको थियो । यस मुद्दामा कूल ९ करोड २२ लाख ४६ हजार बराबरको भ्रष्टाचार विशेष अदालतले प्रमाणित गरिदिएको छ ।

अदालतले मोहनबहादुर बस्नेतलाई ८ वर्ष कैद सजाय तोकेको छ । थप ३ महिना कैद नगर प्रमुखको पदमा रहँदै अपराध गरेकोमा पनि तोकिएको छ । त्यसैगरि २ करोड ३० लाख ६१ हजार ५०८ जरिवाना पनि गरिएको छ ।

अदालतले चारै प्रतिवादीबाट बिगोबराबरको रकम जफत हुने फैसला सुनाएको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)सम्बन्धी फैसला अनुसार बस्नेतले कूल १३ करोड १२ लाख ७३ हजार बराबरको शुद्धीकरण गरेको ठहर भएको छ ।

अदालतले यसमा ३ वर्ष कैद र विगोको दोब्बर २६ करोड २५ लाख ४६ हजार जरिवाना तोकेको छ । ऐन अनुसार ३ महिना १८ दिन अतिरिक्त कैद पनि तोकिएको छ ।

यस मुद्दामा २ करोड ६२ लाख ५४ हजार ६०६ जरिवाना पनि सुनाइएको छ। अदालतले क्षतिपूर्ति आदेशमा अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार पीडित राहत कोषमा मोहनबहादुर बस्नेतबाट १ करोड ५ लाख जम्मा गराउन भनेको छ।

अन्य कम्पनी र राजु प्रसाद कँडेलबाट जनही ९ लाख २२ हजार ४६० क्षतिपूर्ति दाखिला गर्नुपर्ने फैसला भएको छ।

अदालतले प्रतिवादीहरुको सामाजिक, शैक्षिक पृष्ठभूमि, उमेर, स्वास्थ्य तथा अपराधको प्रकृति मूल्याङ्कन गर्दै सजायशास्त्रको सैद्धान्तिक दृष्टिकोण अनुरूप कडा सजाय दिएको हो । यस फैसलाले स्थानीय तहमा हुने उच्चपदस्थ व्यक्तिहरूद्वारा गरिने भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर आर्थिक अपराधमाथि कडा कारबाही हुने नजिर बसेको छ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ६ : ३५ बजे

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि