जनता जागरुक र सचेत हुनुपर्छ : मुख्यमन्त्री कँडेल « Khabarhub

जनता जागरुक र सचेत हुनुपर्छ : मुख्यमन्त्री कँडेल


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनता जागरुक र सचेत भएपछि मात्रै मुलुकको समुन्नति सम्भव हुने बताएका छन् । विकासको मूल आधार जनचेतना भएको उल्लेख गर्दै, जनताको सक्रिय सहभागिता बिना कुनै पनि योजना सफल नहुने मुख्यमन्त्री कँडेलको भनाई थियो ।

आज वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ मा आयोजित स्थानीयवासीहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले राज्यले योजना बनाएर मात्र विकास हुने नभई त्यसको कार्यान्वयनमा जनताको प्रत्यक्ष संलग्नता आवश्यक रहेको बताए । 

उनले भने, ‘रातो किताबमा योजना आएर मात्रै पर्याप्त हुँदैन, जबसम्म जनताले त्यसको निगरानी, साथ र सहभागितामा उत्रदैनन्, तबसम्म विकासको गति अपेक्षितरूपमा अगाडि बढ्दैन ।’

 जनताले विकास निर्माणका विषयमा सजग भई योजना निर्माणदेखि कार्यान्वयनसम्मको प्रत्येक चरणमा निगरानी गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड थियो ।

मुख्यमन्त्री कँडेलले भने ‘राजनीतिज्ञ, कर्मचारी र जनप्रतिनिधिसँगै अब जनता पनि प्रत्यक्ष रुपमा विकास प्रक्रियाको हिस्सा बन्नुपर्छ,’ सरकारको प्राथमिकता स्थानीय आवश्यकता, क्षमता र जनअपेक्षाअनुसार हुने मुख्यमन्त्री कँडेलले स्पष्ट पारे।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ७ : १६ बजे

अस्पतालको गेटमै बच्चा जन्माउन बाध्य भइन् बबिता, सांसदहरूले भने : पैसा नहुने गरिबले यो देशमा उपचार नपाउने हो ?

राजविराज- सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

जलवायु असर अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सरकारलाई सुझाव

काठमाडौं– कृषि तथा प्राकृतिक स्रोत समितिले हिमाली तथा उच्च जोखिमयुक्त

उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा बुझाएकी

प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा

युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान

हेलसिन्की- निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति