‘सिनेमा आर्ट्स’को सम्मान पत्र बाँसुरी फिल्मस्लाई, रौनक भन्छन् : मलाई त लाज भयो « Khabarhub

‘सिनेमा आर्ट्स’को सम्मान पत्र बाँसुरी फिल्मस्लाई, रौनक भन्छन् : मलाई त लाज भयो


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘कबड्डी कबड्डी’ निर्माता रौनक विक्रम कँडेल र सुनील चन्द रौनियार हुन् ।

निर्माता कम्पनी चाहिँ रौनकको ‘सिनेमा आर्टस् प्रालि’ हो । निर्देशक निश्चल बस्नेतको ‘ब्ल्याक हर्स पिक्चर्स’को प्रस्तुतिमा यो फिल्म बनेको हो ।

सरकारको केन्द्रीय जाँच समिति (सेन्सर बोर्ड)ले दिएको प्रदर्शन अनुमति पत्रमा पनि निर्माता कम्पनीको नाम ‘सिनेमा आर्टस् प्रालि’ छ ।

चलचित्र विकास बोर्डले आफ्नो २५ औं वार्षिक उत्सवमा सोमबार सर्वाधिक व्यापार गर्ने फिल्मलाई सम्मान गरेको थियो ।

‘कबड्डी कबड्डी’ सबैभन्दा बढी व्यापार गर्ने १३ औं फिल्म हो । यसले १० करोड ३५ लाख ग्रस कलेक्सन गरेको छ ।

तर, यस फिल्मको सम्मान पत्र निर्माता कम्पनीरुपमा ‘बाँसुरी फिल्मस्’लाई दिएपछि निर्माता कँडेल असन्तुष्ट बनेका हुन् ।

निर्माताहरूलाई नै सम्मान गर्ने उद्देश्यले राखिएको कार्यक्रममा यस्तो घटना हुन लज्जास्पद रहेको उनले खबरहबलाई प्रतिक्रिया दिए ।

उनी प्रश्न गर्छन्, ‘मेरो ब्यानरमा बनेको फिल्मको सम्मान पत्र अरुको नाममा दिनु उचित होला र ?’

स्टेजमा अर्को ब्यानरमा लागि त्यस फिल्मका कलाकारले सम्मान पत्र बुझेपछि आफूले कार्यक्रमस्थलबाट बाहिरिएको रौनकले खबरहबलाई सुनाए ।

उनले प्रष्टसँग असन्तुष्टि पोख्दै भने, ‘त्यहाँ दिनेले दिए, लिनेले लिए । तर म देख्नेलाई लाज भयो । एउटा उखान छ नि– के गर्नेलाई भन्दा देख्नेलाई लाज । हो त्यस्तै भयो ।’

यो घटनाले निर्माता कँडेलले अपमानित महसुस गरेका छन् । सरकारी निकायको कार्यक्रममा यस्तो हुन लपर्वाही रहेको उनको ठहर छ ।

उनले खबरहबसँग भने, ‘हिजो बोर्डले फोन गर्दा मैले कबड्डी कबड्डीको निर्माताबारे जानकारी गराएको थिएँ । बोर्डबाट हिजो रुजु पनि भएको हो । तर, आज कार्यक्रममा यस्तो लापर्वाही देखियो ।’

बोर्ड सरकारी निकाय भएको र उसँग निर्माता कम्पनी खुल्ने विभिन्न प्रमाण पत्र हुँदा पनि अर्को ब्यानरलाई सम्मान पत्र हस्तान्तरण हुनुलाई स्वभाविक रुपमा आफूले लिन नसक्ने उनको कँडेलको असन्तुष्टि छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ८ : १४ बजे

रास्वपाका किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौं- धनुषा निर्वाचन क्षेत्र १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात

वीरगञ्ज (पर्सा)- वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा

इरान आक्रमणका लागि अमेरिकी राष्ट्रपतिको निर्देशन र कारबाहीको थालनी र लक्ष्य

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलको संयुक्त कारबाहीका

प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौं– चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते

पत्रकार विराट अनुपमको पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक

काठमाडौं– पत्रकार विराट अनुपमद्वारा लिखित ‘पहिलो आमनिर्वाचन २०१५’ मंगलबार राजधानीमा