‘सिनेमा आर्ट्स’को सम्मान पत्र बाँसुरी फिल्मस्लाई, रौनक भन्छन् : मलाई त लाज भयो | Khabarhub Khabarhub

‘सिनेमा आर्ट्स’को सम्मान पत्र बाँसुरी फिल्मस्लाई, रौनक भन्छन् : मलाई त लाज भयो


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘कबड्डी कबड्डी’ निर्माता रौनक विक्रम कँडेल र सुनील चन्द रौनियार हुन् ।

निर्माता कम्पनी चाहिँ रौनकको ‘सिनेमा आर्टस् प्रालि’ हो । निर्देशक निश्चल बस्नेतको ‘ब्ल्याक हर्स पिक्चर्स’को प्रस्तुतिमा यो फिल्म बनेको हो ।

सरकारको केन्द्रीय जाँच समिति (सेन्सर बोर्ड)ले दिएको प्रदर्शन अनुमति पत्रमा पनि निर्माता कम्पनीको नाम ‘सिनेमा आर्टस् प्रालि’ छ ।

चलचित्र विकास बोर्डले आफ्नो २५ औं वार्षिक उत्सवमा सोमबार सर्वाधिक व्यापार गर्ने फिल्मलाई सम्मान गरेको थियो ।

‘कबड्डी कबड्डी’ सबैभन्दा बढी व्यापार गर्ने १३ औं फिल्म हो । यसले १० करोड ३५ लाख ग्रस कलेक्सन गरेको छ ।

तर, यस फिल्मको सम्मान पत्र निर्माता कम्पनीरुपमा ‘बाँसुरी फिल्मस्’लाई दिएपछि निर्माता कँडेल असन्तुष्ट बनेका हुन् ।

निर्माताहरूलाई नै सम्मान गर्ने उद्देश्यले राखिएको कार्यक्रममा यस्तो घटना हुन लज्जास्पद रहेको उनले खबरहबलाई प्रतिक्रिया दिए ।

उनी प्रश्न गर्छन्, ‘मेरो ब्यानरमा बनेको फिल्मको सम्मान पत्र अरुको नाममा दिनु उचित होला र ?’

स्टेजमा अर्को ब्यानरमा लागि त्यस फिल्मका कलाकारले सम्मान पत्र बुझेपछि आफूले कार्यक्रमस्थलबाट बाहिरिएको रौनकले खबरहबलाई सुनाए ।

उनले प्रष्टसँग असन्तुष्टि पोख्दै भने, ‘त्यहाँ दिनेले दिए, लिनेले लिए । तर म देख्नेलाई लाज भयो । एउटा उखान छ नि– के गर्नेलाई भन्दा देख्नेलाई लाज । हो त्यस्तै भयो ।’

यो घटनाले निर्माता कँडेलले अपमानित महसुस गरेका छन् । सरकारी निकायको कार्यक्रममा यस्तो हुन लपर्वाही रहेको उनको ठहर छ ।

उनले खबरहबसँग भने, ‘हिजो बोर्डले फोन गर्दा मैले कबड्डी कबड्डीको निर्माताबारे जानकारी गराएको थिएँ । बोर्डबाट हिजो रुजु पनि भएको हो । तर, आज कार्यक्रममा यस्तो लापर्वाही देखियो ।’

बोर्ड सरकारी निकाय भएको र उसँग निर्माता कम्पनी खुल्ने विभिन्न प्रमाण पत्र हुँदा पनि अर्को ब्यानरलाई सम्मान पत्र हस्तान्तरण हुनुलाई स्वभाविक रुपमा आफूले लिन नसक्ने उनको कँडेलको असन्तुष्टि छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ८ : १४ बजे

मेस्सीले गरे इन्टर मियामीसँग तीन वर्ष लामो नयाँ सम्झौता, बार्सिलोनामा फर्किने सम्भावना सकियो

मियामी- अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले अमेरिकी क्लब इन्टर मियामीसँग सन्

शंकर पोखरेलसँग फेसबुक जुहारीमा उत्रिए गृहमन्त्री अर्याल

काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र गृहमन्त्री ओमप्रकाश

गायिका नितु पौडेलको निधन

काठमाडौं- गायिका नितु पौडेलको निधन भएको छ । कीर्तिपुरस्थित बर्न

स्टुडियोमै जलेर गम्भीर घाइते गायिका नितुको निधन

काठमाडौं– शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको

सहिदको रगत नबिर्स भन्दै सडकमा जेन-जी (तस्बिरहरू)

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि