फुड सप्लिमेन्टमा कालोबजारी, पाँच गुणा बढी रकम असुल्ने पक्राउ « Khabarhub

फुड सप्लिमेन्टमा कालोबजारी, पाँच गुणा बढी रकम असुल्ने पक्राउ


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

पर्सा – पोषण पूरक औषधि (फुड सप्लिमेन्ट औषधि)को पाँच गुणाभन्दा बढी मूल्य कायम गरेर बिक्री गर्ने एक जनालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ ।

सीमावर्ती बजार रक्सौलबाट फुड सप्लिमेन्ट औषधि खरिद गरेर वीरगञ्जमा जभाभावी मूल्य राखेर प्याकिङ तथा बेचबिखन गर्दै आएका वीरगञ्ज महानगर–२६ का जितेन्द्रप्रसाद कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर लम्सालले २१ थरिका विभिन्न फुड सप्लिमेन्ट औषधि कालोबजारी गरेको अभियोगमा कुर्मीलाई पक्राउ गरेर कालोबजारीअन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको जानकारी दिए।

“भारतबाट सस्तो मूल्यमा खरिद गरी नेपाल भित्र्याई उक्त औषधिहरूको बट्टामा आफुखुसी मूल्य राखेर बेचबिखन गरेको सूचनाका आधारमा पक्राउ गरेका हौँ”, उनले भने । कुर्मीबाट करिब रु २५ लाख मूल्य पर्ने औषधि बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ९ : २८ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा