नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई « Khabarhub

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस कम्पनी तथा व्यवसायीहरुलाई नेपालमा लगानी र भ्रमणको लागि आग्रह गरेका छन् । लगानीको हिसाबले नेपाल उर्बर र भ्रमणको निम्ती सुन्दर देश भएको भन्दै भट्टराईले द्धिपक्षीय सहकार्यले नेपाल र डेनमार्कविचको सम्बन्ध अझ सुदृढ हुने बताए ।

डेनमार्कस्थित नेपाली राजदूतावासले आयोजना गरेको ‘नेपाल व्यापार प्रवद्र्धन’ कार्यक्रममा भट्टराईले डेनमार्कका व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आमन्त्रण गर्दै नेपाली आतिथ्यताको अनुभूति लिन पनि अनुरोध गरे । उनले नेपालले डेनमार्कसँग केवल व्यापारिक होइन, मित्रतापूर्ण सम्बन्ध कायम गर्न चाहेको बताए ।

डेनमार्कमा रहेका व्यवसायीक अगुवा, नीति निर्माणमा संलग्न व्यक्तित्व र डेनमार्कका अधिकारीहरु उपस्थित रहेको कार्यक्रममा भट्टराईले नेपाल लगानीमैत्री वातावरण बनाउनेतर्फ प्रतिबद्ध रहेको बताए । भट्टराईले भने, ‘बलियो नीतिगत संरचना, पूर्वाधार सुधार, र स्वच्छ ऊर्जा, पर्यटन, कृषि, डिजिटल नवप्रवर्तन र उत्पादनजस्ता क्षेत्रलाई प्राथमिकता दिइरहेका छौं ।’

उनले नेपालले स्वच्छ ऊर्जा, पर्यटन, कृषि, डिजिटल नवप्रवर्तन र उत्पादन क्षेत्रमा प्राथमिकता दिँदै आएको जानकारी दिदै दिगो पर्यटन, सांस्कृतिक आदानप्रदान र हवाई सम्पर्क विस्तारमा डेनमार्कसँग सहकार्यको सम्भावना रहेको बताए ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य प्राप्तिमा अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता रहेको उनको भनाई छ । भट्टराईले नेपाल दीर्घकालीन दृष्टिकोण र आपसी लाभको भावना सहित साझेदारीका लागि खुला रहेको बताए । भने, ‘हामी डेनमार्कका कम्पनीहरू र संस्थाहरू नेपालमा अवसर खोज्दै गरेको हेर्न चाहन्छौं, केवल बजारको रूपमा होइन, सम्भावनाहरूले भरिएको एक मित्र राष्ट्रको रूपमा ।’
भट्टराईले डेनमार्कले व्यापार वृद्धिमा र द्विपक्षीय सम्बन्ध सुदृढ पार्न गरेको योगदान बारेमा उल्लेख गर्दै नेपालले नवीनता, दिगोपनको अभ्यास, र व्यवसायिक मूल्यहरु खोजीरहेको बताए ।

डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले डेनमार्कमा रहेका नेपाली समुदायलाई राष्ट्र निर्माणमा योगदान गर्न आग्रह गरिन् । नेपाल र डेनमार्कबीच १९६७ देखि कूटनीतिक सम्बन्ध रहेको छ । डेनमार्कले नेपालमा विभिन्न विकास सम्बन्धी परियोजनाहरूमा सहयोग गरिसकेको छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १० : ०० बजे

हर्मुजमा इरानद्वारा जहाजमाथि आक्रमण

 एजेन्सी– हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमाथि इरानले कारबाही थालेपछि अमेरिका–इरान

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार