प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसबीच स्पेनमा भेटवार्ता भएको छ।

दुवै नेताबीचको भेटवार्ता सोमबार स्पेनको सेभिया शहरमा सम्पन्न भएको हो। प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघअन्तर्गत हुने विकासका लागि वित्त विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन सरकारी प्रतिनिधिमण्डलसहित स्पेन पुगेका छन्।

दश वर्षमा एकपटक आयोजना हुने यो सम्मेलनमा विश्वका विभिन्न मुलुकका राष्ट्र वा सरकार प्रमुखहरू सहभागी छन्। महासचिव गुटरेससँगको भेटमा द्विपक्षीय चासोका विषयहरू, दिगो विकास, अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा सुधार, र विकासशील मुलुकका मुद्दाहरूमा छलफल भएको बताइएको छ।

संयुक्त राष्ट्रसंघको महासभाजस्तै गरी यस सम्मेलनलाई पनि उच्चस्तरीय बैठकका रूपमा लिइन्छ, जसमा सदस्य राष्ट्रका नेताहरूले आफ्नो धारणा प्रस्तुत गर्ने अवसर पाउँछन्।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १० : ३५ बजे

देशभर मौसम बदली, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप : अफगानिस्तानमाथि बंगलादेश ८ रनले विजयी

काठमाडौं – एसिया कपमा बंगलादेशले अफगानिस्तानमाथि ८ रनको जित निकालेको

आज विश्वकर्मा पूजा, वास्तु दिवस पनि मनाइँदै

काठमाडौं – आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

जेनजी शहीदको सम्झनामा आज देशभर सार्वजनिक बिदा

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय