सुनकोशी मरिन डाइभर्सनको काम सुस्त (तस्बिरहरू) « Khabarhub

सुनकोशी मरिन डाइभर्सनको काम सुस्त (तस्बिरहरू)


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्याउने गरी २०७७ सालमा शिलान्यास गरी निर्माण अगाडि बढाइएको सुनकोशी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम सुस्त रहेको छ ।

हाल नेपाल सरकारले विपदग्रस्त क्षेत्र र प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको मधेश प्रदेशमा सिँचाइ सुविधा पुर्‍याउन सो आयोजनाको महत्वपूर्ण भूमिका रहेको महसुस गरिएको छ ।  तर एक वर्षअघि नै सो आयोजनाको सुरुङ ब्रेक थ्रु गरिए पनि पटेल–रमण (संयुक्त) निर्माण कम्पनीले बाँध निर्माणको काम प्रभावकारी रूपमा गरेको देखिएको छैन ।

१४ अर्ब सात करोड ५९ लाख रुपियाँको लागतमा यो बाँध निर्माणको ठेक्का लिएको सो निर्माण कम्पनीले बाँध निर्माण सुरु भएको ३० महिनामा ७ प्रतिशत मात्र काम सकेको छ ।

सो आयोजनाले सुनकोशी नदीको पानीलाई सुरुङमार्फत कमलामाई नगरपालिकाको कुसुमटारस्थित मरिण खोलामा खसालिने छ  भने त्यहाँबाट मरिन नदी हुँदै बागमती ब्यारेकबाट तराई मधेशका खेतहरूमा सिँचाइ गर्ने छ ।

हालसम्म सो आयोजनाको समग्र भौतिक प्रगति ३५ प्रतिशत पुगेको छ । २०८४ असोज सम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्न लक्ष्य रहेको आयोजनाले जानकारी दिएको छ ।

default

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ८ : ४४ बजे

मधेसवासीलाई सांसद अमरेशको अपिल : जातीय र धार्मिक हिंसाले कसैको भलो गर्दैन

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य

आज अन्तर्राष्ट्रिय मित्रता दिवस, आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौँ– आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम

कार्यकारी वालेन्द्रमाथि भाइरल बालेनको थिचोमिचो !

समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको