बागमती प्रदेश कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदै « Khabarhub

बागमती प्रदेश कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदै


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुँदैछ ।

निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार मतदाता नामावली प्रकाशन, नामावलीमा दाबी–विरोध, उम्मेदवारका लागि दरखास्त दर्ता, प्रारम्भिक नामावली र उम्मेदवारी फिर्ताको समय दिउँसो १२ बजेसम्म तोकिएको छ ।

उम्मेदवारको अन्तिम नामावली दिउँसो १ बजे प्रकाशन गरिनेछ भने मतदान दिउँसो २ देखि ३ बजेसम्म हुने तालिका रहेको छ ।

मतदान कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय, हेटौंडामा हुनेछ । मतदान सकिएलगत्तै मतगणना सुरु गरी आजै नतिजा सर्वाजनिक गरिने संयोजक श्रेष्ठले जानकारी दिए ।

बागमती प्रदेश कांग्रेसमा गत शुक्रबार प्रदेश सरकारका मुख्यमन्त्री समेत रहेको दलका नेता बहादुरसिंह लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो ।

उक्त प्रस्तावमा मंगलबार भएको मतविभाजनमा लामाको पक्षमा १५ र विपक्षमा २२ मत परेको थियो । अल्पमतमा परेपछि लामाले दलको नेता पद गुमाएका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ९ : ३८ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र