मस्को– रूसको कामचाट्का प्रायद्वीपमा आएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि विश्वभरका कम्तीमा १५ देशमा सुनामीको चेतावनी जारी गरिएको छ।
अमेरिकी भूगर्भीय संस्थासँगै विभिन्न देशहरूको आपतकालीन निकायले तटीय क्षेत्रमा उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।
सुनामी चेतावनी जारी गरिएका देश :
रूस
भूकम्पको केन्द्र कामचाट्का प्रायद्वीपमै
४ मिटरसम्मको सुनामी
उत्तर कुरील टापु क्षेत्रका भवनमा क्षति
जापान
इशिनोमाकी बन्दरगाहमा ५० सेन्टिमिटर अग्ला लहर
अन्यत्र २०–४० सेन्टिमिटर अग्ला लहर
दोस्रो/तेस्रो लहर अझ ठूलो हुनसक्ने अनुमान
२ मिलियन जनसंख्या सुरक्षित स्थानमा सारियो
चीन (पूर्वी तट)
३० सेन्टिमिटरदेखि १ मिटर (३.२ फिट) सम्म लहरको सम्भावना
पूर्वी समुद्री किनारमा असर हुने आशंका
तटीय क्षेत्रमा क्षतिको सम्भावना भन्दै सतर्कता
ताइवान
दक्षिणी किनारमा ३० सेन्टिमिटरदेखि १ मिटर लहरको सम्भावना
अन्य भागमा १ मिटरभन्दा कम
स्थानीय समय अनुसार दिउँसो १:३० बजे लहर पुग्ने पूर्वानुमान
फिलिपिन्स
प्रशान्त तटीय क्षेत्रहरूमा १ मिटरभन्दा कम लहर
दिउँसो १:२०–२:४० सम्म पहिलो लहर पुग्ने सम्भावना
हवाई (अमेरिका)
युएस कोस्ट गार्डले सबै व्यापारिक जहाजहरूलाई बन्दरगाह खाली गर्न आदेश दिएको छ ।
सबै हार्बरहरूमा आगमन प्रतिबन्ध
हनाली खाडीमा पानीको सतह घट्न थालेको पुष्टि
पेरू
नौसेनाद्वारा तटीय क्षेत्रमा सुनामी चेतावनी जारी
तटीय इलाकामा मानिसलाई सुरक्षित स्थानमा सार्ने प्रक्रिया सुरू
इक्वाडोर
ग्यालापागोस टापु र तटीय क्षेत्रहरूमा चेतावनी
जोखिमको मूल्याङ्कन भइरहेकै अवस्थामा सतर्कता
ताइवान
ताइवानको दक्षिणी किनारमा सुनामी लहरको चेतावनी
०.९ देखि ३.२ फिटसम्मका लहरहरू उठ्न सक्ने
रूसको कामचाट्का प्रायद्वीपमा आएको शक्तिशाली ८.८ म्याग्निच्युडको भूकम्पपछि ताइवानले पनि सुनामी लहरको चेतावनी जारी गरेको छ।
ताइवानको केन्द्रीय मौसम प्रशासन (सीडब्लुए) का अनुसार दक्षिणी तटमा करिब दिउँसो १:३० बजे (स्थानीय समयअनुसार) ३० से.मी.देखि १ मिटर (०.९ देखि ३.२ फिट) सम्मका लहरहरू देखिन सक्ने सम्भावना छ ।
अन्य तटीय भागहरूमा १ मिटरभन्दा कम उचाइका लहरहरू आउने अनुमान गरिएको छ।
जापानको दक्षिणपश्चिमतर्फ अवस्थित छ ताइवान । ओकिनावा र अन्य प्रशान्त टापुहरूको नजिकै अवस्थित छ । जसले गर्दा प्रशान्त महासागरमा आएको ठूलो भूकम्प र सुनामीको प्रत्यक्ष प्रभाव पर्ने सम्भावना रहन्छ।
स्थानीय प्रशासनले समुद्री किनारमा भीडभाड नगर्न र सतर्कता अपनाउन आग्रह गरेको छ। ताइवानमा हाल तत्काल क्षतिको विवरण आएको छैन । तर अधिकारीहरूले स्थितिको निगरानी गरिरहेका छन्।
मेक्सिको, क्यानडा (ब्रिटिश कोलम्बिया), अमेरिका (क्यालिफोर्निया, ओरेगन, वासिंगटन) सहितका प्रशान्त तटीय क्षेत्रमा सुनामीको लहर आउन सक्ने आशंका
गुआम, टोंगा र अष्ट्रेलियामा ३० सेन्टिमिटरदेखि १ मिटरसम्म अग्लो सुनामीको लहर पुग्न सक्ने । अहिले त्यहाँ उच्च सतर्कता अपनाइएको छ ।
विशेषज्ञहरूका अनुसार सुनामीका लहर सामान्य लहरभन्दा धेरै शक्तिशाली हुन्छन्। ५० सेन्टिमिटरको लहरले पनि २०० किलोग्रामसम्मको बल पुर्याउन सक्न एनचके वर्ल्डले जनाएको छ। ।
रूसस्थित कामचाट्काको भूकम्पको असरले प्रशान्त महासागर वरिपरिका अधिकांश देशहरूलाई सचेत बनाएको छ।
हाल लहरहरू उच्च नदेखिए पनि दोस्रो वा तेस्रो लहर खतरनाक हुनसक्ने विज्ञहरूले चेतावनी दिएका छन् । ती देशहरूले तटीय क्षेत्र खाली गराउन र समुद्री गतिविधिमा रोक लगाएका छन् ।
प्रतिक्रिया