नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ « Khabarhub

नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

धुलिखेल- नक्कली सरकारी कागजात र छाप बनाउने एउटा गिरोहलाई प्रहरीले काभ्रेपलाञ्चोकबाट पक्राउ परेको छ।

जिल्ला प्रहरी कार्यालयले धुलिखेल नगरपालिका वडा नं. १२ बाट नक्कली सरकारी कागजात र छाप नक्कली बनाउने गिरोहलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा गोरखाको लखन गाउँपालिका–९, घर भई हाल काठमाडौं बस्दै ४१ वर्षीय किरण अर्याल र धुलिखेल नगरपालिका–१२ का ३८ वर्षीय जितेन्द्र तामाङ छन् ।

प्रहरीले जिल्ला अदालत काभ्रेको अनुमतिमा वडाअध्यक्षको नाममा सञ्चालन भइरहेको नक्कली कागजात बनाउने कार्यालयमा छापा हानेको थियो।

प्रहरीको टोलीले विभिन्न सरकारी तथा निजी संस्थाका २६ थान छापहरू, नेपाली नोट ६८ हजार ७०० राहदानी, नागरिकता, विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्र, हार्डड्राइभ, सीपीयू, प्रिन्टर, र फोटोकपी मेसिनहरू पनि बरामद गरेको छ।

बरामद गरिएका छापहरू

धुलिखेल नगरपालिका वडा नं. १२

तारा खोलागाउँपालिका, बागलुङ

हेटौंडा उपमहानगरपालिका

चितवनको रत्ननगर वडा नं. १

नेपाल विद्यार्थी संघ

नेपाल नोटरी पब्लिक काउन्सिल

विभिन्न वडाध्यक्षहरूको नामसहितका छाप

अस्पताल, मासु पसल, होटेल र कम्प्युटर इन्स्टिच्युटका छाप

पक्राउ परेकाहरूलाई सरकारी छाप दुरुपयोग तथा कागजात नक्कली बनाएको आरोपमा जिल्ला अदालत काभ्रेद्वारा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।

प्रहरीका अनुसार उनीहरूले नक्कली नागरिकता, सिफारिसपत्र, शैक्षिक प्रमाणपत्रलगायतका कागजात बनाइ रोजगारीका लागि विदेश जाने व्यक्तिहरूलाई बिक्री गर्ने गरेका थिए।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  १ : ३२ बजे

चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

चितवन– माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट

उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु

एजेन्सी – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मंगलबार अज्ञात आतंककारीहरूले

केन्द्रिकृत मानसिकताले परिणाम दिन सकिएन : मुख्यमन्त्री पाण्डे

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक र प्रशासनिक नेतृत्वको

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन

महोत्तरी– स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन