मुलुकमा तीव्र आर्थिक विकास नीति अवलम्बन गर्नु जरुरी : महासचिव पोखरेल « Khabarhub

मुलुकमा तीव्र आर्थिक विकास नीति अवलम्बन गर्नु जरुरी : महासचिव पोखरेल


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकमा तीव्र आर्थिक विकास नीति अवलम्बन गर्नुपर्ने जरुरी रहेको बताएका छन्। 

नेपाल ट्रेड युनियन महासङ्घ (जिफण्ट) को १२औँ प्रतिनिधि परिषद् बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले आर्थिक र सामाजिक देखिएका समस्यालाई योजनाबद्ध ढङ्गले समाधान गर्नका लागि तीव्र आर्थिक विकास नीति अवलम्बन गर्नुपर्ने धारणा राखे । 

महासचिव पोखरेलले पछिल्लो समयमा तीव्रताका साथ सामाजिक विकास भए पनि त्यही गतिमा आर्थिक विकास हुन नसकेको बताए। उनले कमजोर राज्यले श्रमजीवी वर्गलाई अधिकार सम्पन्न गराउन नसक्ने भन्दै मुलुकलाई बलियो बनाउन श्रमजीवी बलियो बन्नुपर्नेमा जोड दिए । 

महासचिव पोखरेलले पार्टी नेतृत्व बलियो र पारदर्शी हुनुपर्ने उल्लेख गर्दै पार्टीमा लागू गरिएको ७० वर्ष उमेरको हद लोकतान्त्रिक मूल्यमान्यताको विशेषताविपरीत नभएको बताए।

‘७० वर्ष उमेर हटाउँदा जनताको बहुदलीय जनवाद (जबज)को मूल मान्यतामा कहाँनेर असर पर्दछ? ‘, उनले प्रश्न गरे,’जबज नपढिकन यसको प्रवक्ता बन्ने खोज्ने प्रवृत्ति छ । पार्टीको लोकतान्त्रिकीकरणको मूल मान्यताबाट पार्टी नेतृत्व तलमाथि भएको छैन ।’

महासचिव पोखरेलले राष्ट्रिय महाधिवेशनमा उम्मेदवार बन्ने सबैको अधिकार सुरक्षित रहेको भन्दै जनमतबाट नेतृत्व छान्ने अधिकार प्रतिनिधिहरूमा हुने उल्लेख गरे। उनले दुई पटक राष्ट्रको प्रमुख भएको व्यक्ति राजनीतिमा फर्किने इच्छा राख्नुहोला भन्ने कल्पना बाहिर रहेको विचार राखे। उनले एमालेको नवौँ केन्द्रीय कमिटी बैठकको निर्णयले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको सम्मानित भएर बस्नुपर्छ भनेर दृष्टिकोण सार्वजनिक गरेको जानकारी दिए । 

जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले श्रमको सम्मान भएमात्र मुलुक समृद्धितिर जाने भन्दै सरकारले श्रमिकका समस्यालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए। 

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  १ : ४५ बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट