नागरिक उन्मुक्तिले रञ्जितालाई अध्यक्षबाट हटायो « Khabarhub

नागरिक उन्मुक्तिले रञ्जितालाई अध्यक्षबाट हटायो


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


942
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाएको छ ।

उनलाई अध्यक्षबाट हटाएको जानकारी नाउपाले निर्वाचन आयोगसमक्ष गराएको छ ।

पार्टीको अनुशासन नमानेको आरोप उनीमाथि संरक्षक रेशमलाल चौधरीसहितले लगाएका छन् ।

पार्टी बैठक डाक्न छाडेर विधानविपरीत शिवप्रसाद बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेपछि रञ्जितालाई हटाएको हो ।

रञ्जितालाई अध्यक्षबाट हटाउन प्रमुख संरक्षक रेशमलाल चौधरीले नै पहलकदमी लिएका थिए । उनले रञ्जितालाई पार्टी बैठक डाक्न पनि दबाब दिएका थिए ।

हटाउनुअघि रामलाल डगौरा थारु संयोजक रहेको अनुशासन समितिले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

रञ्जिताले त्यो स्पष्टीकरणको अहिलेसम्म जवाफ दिएकी छैनन् । आफूलाई अध्यक्षबाट हटाएकोबारे रञ्जिताले भनाइ सार्वजनिक गरेकी छैनन् ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  २ : ०६ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म