नागरिक उन्मुक्तिले रञ्जितालाई अध्यक्षबाट हटायो « Khabarhub

नागरिक उन्मुक्तिले रञ्जितालाई अध्यक्षबाट हटायो


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


942
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाएको छ ।

उनलाई अध्यक्षबाट हटाएको जानकारी नाउपाले निर्वाचन आयोगसमक्ष गराएको छ ।

पार्टीको अनुशासन नमानेको आरोप उनीमाथि संरक्षक रेशमलाल चौधरीसहितले लगाएका छन् ।

पार्टी बैठक डाक्न छाडेर विधानविपरीत शिवप्रसाद बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेपछि रञ्जितालाई हटाएको हो ।

रञ्जितालाई अध्यक्षबाट हटाउन प्रमुख संरक्षक रेशमलाल चौधरीले नै पहलकदमी लिएका थिए । उनले रञ्जितालाई पार्टी बैठक डाक्न पनि दबाब दिएका थिए ।

हटाउनुअघि रामलाल डगौरा थारु संयोजक रहेको अनुशासन समितिले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

रञ्जिताले त्यो स्पष्टीकरणको अहिलेसम्म जवाफ दिएकी छैनन् । आफूलाई अध्यक्षबाट हटाएकोबारे रञ्जिताले भनाइ सार्वजनिक गरेकी छैनन् ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  २ : ०६ बजे

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता