शंकर पोखरेलको दाबी- विद्या भण्डारीलाई उसबेला राष्ट्रपति नहुनु भनेको थिएँ, उहाँ धैर्यता रहेनछ « Khabarhub

शंकर पोखरेलको दाबी- विद्या भण्डारीलाई उसबेला राष्ट्रपति नहुनु भनेको थिएँ, उहाँ धैर्यता रहेनछ


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफूले विद्या भण्डारीलाई उतिबेला नै राष्ट्रपति नबन्न सुझाएको बताएका छन् ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) १२ औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकलाई बुधबार सम्बोधन गर्दै उनले पूर्वराष्ट्रपतिमा अहिले धैर्यता नदेखिएको बताएका छन् ।

भण्डारीलाई आफूले उनको निवासमै पुगेर राष्ट्रपतिको इच्छा नगर्न सल्लाह दिएको पनि उनले स्मरण गरेका छन् ।

‘विद्या भण्डारीको निवासमै गएर तपाईंले राष्ट्रपतिमा इच्छा नगर्दा राम्रो हुने सल्लाहसमेत दिएको थिएँ’, उनले भने, ‘तर पार्टीले निर्णय गरेपछि सबैको सर्वसम्मतिमा उहाँलाई राष्ट्रपति बनाएको हो।’

दुई कार्यकाल राष्ट्रपति बने पनि भण्डारीमा धैर्यता नदेखिएको उनले बताए । ‘विरोधका बाबजुद पार्टीले निर्णय गर्‍यो । दुई कार्यकाल राष्ट्रपतिको कार्यकाल पूरा गर्नुभएपछि अब उहाँ राजनीतिमा फर्किनुहोला भन्ने लागेकै थिएन । तर, उहाँमा धैर्यता देखिएन,’ उनले भने ।

माओवादीले उपराष्ट्रपतिबाट बिदा भएका नन्दबहादुर पुनलाई राजनीतिमा ल्याएकोमा पनि उनले असन्तुष्टि जनाए । उनले माओवादी यो व्यवस्थाप्रति विश्वास गर्ने पार्टी नै नभएको दाबी गरे । त्यसैले एमालेका नेताहरूलाई माओवादीको पछि नलाग्न पनि उनले आग्रह गरे ।

नेपालको राजनीतिमा एमाले अब्बल पार्टी भएको उनले बताए । पोखरेलले एमाले जनताको सबैभन्दा रोजाइको पार्टी भएको जिकिर गरे ।

‘एमाले जब सबै खालका प्रहार तोडेर अघि बढ्छ, तब पार्टी भित्रै अनेक खालका समस्याहरू आउने गरेका छन्’, उनले भने, ‘एमाले बलियो हुँदै गएपछि कमजोर पार्न पार्टी बाहिर र भित्रका शक्तिहरू लाग्ने गरेका छन् ।’

नेपालको राजनीति अब ध्रुवीकरणको दिशामा जानु पर्नेमा उनले जोड दिए । लोकतन्त्र बलियो बनाउन राजनीतिक दल बलियो बन्नु पर्ने र त्यसको लागि सही विचार र दृष्टिकोण आवश्यक रहेको पोखरेलले बताए।

नेकपा एमालेको मुख्य लक्ष वैज्ञानिक समाजवाद भएको उनले बताए । त्यो नेपाली विशेषताको समाजवाद भएको पोखरेलले उल्लेख गरे ।

पार्टीको मुख्य नेतृत्वलाई कमजोर बनाउन २ कार्यकाल र ७० वर्षको उमेर हदको चर्चा गरिएको भन्दै उनले आपत्ति जनाए । एमालेका नेताहरू कार्यकर्ताबाट अनुमोदित हुनुपर्छ भन्ने कुरामा एमाले स्पष्ट रहेको उनले बताए । ७० वर्षको उमेर हद हटाउन जबजको मूल मर्ममा कहाँनेर असर पर्‍यो भन्दै उनले प्रश्न गरे ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  २ : २८ बजे

दुई कार्यकाल फर्काएर एमाले सामूहिक नेतृत्वमा चल्नुपर्छ : गोकर्ण विष्ट

काठमाडौं- नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले एघारौँ महाधिवेशनमा भदौ

बुधबार १६९ वटा कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.८६ अंकले घटेको छ

नेपालले मौरिससलाई पठायो दोहोरो कर मुक्ति सम्झौता खारेज भएको निर्णय

काठमाडौं– नेपालले गणतन्त्र मौरिससलाई द्विपक्षीय दोहोरो कर मुक्ति सम्झौता (डिटीएए)

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौं– सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का

अफगानिस्तानमा ब्वाँसोको आक्रमणबाट सात जना घाइते

एजेन्सी– पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तको एउटा गाउँमा मंगलबार राति भएको