भैरहवामा रास्वपा दलको बैठक, केही सांसदले जेल पुगेर भेटे रविलाई « Khabarhub

भैरहवामा रास्वपा दलको बैठक, केही सांसदले जेल पुगेर भेटे रविलाई


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक भैरहवामा बुधबार दिउँसो भैरहवामा बसिरहेको छ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म संसदीय दलको बैठक बस्ने गरि समय निर्धारण गरिएको छ।

बैठकको भैरहवाको एक होटलमा बसेको हो । सहकारी ठगी प्रकरणमा रविलाई थुनिएको भैरहवा कारागारनजिकै बैठक राखिएको हो ।

बैठकमा सहभागी हुन रास्वपाका केही सांसद मंगलबार भैरहवा पुगेका थिए । बाँकी भने बुधबार नै भैरहवा उत्रिए।

मंगलबार भैरहवा पुगेका पार्टी उपसभापतिद्वय डीपी अर्याल, डा. स्वर्णिम वाग्ले, महासचिव कविन्द्र बुर्लाकोटी र प्रवक्ता मनिष झासहितका सांसदहरूले रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुन लागेको उपनिर्वाचनबारे स्थानीयबासीसँग छलफल गरेका थिए ।

त्यसैगरी बुधबार नै बैठक बस्नुअघि कावा सभापति अर्यालले सभापति लामिछानेलाई कारागारमा पुगेर भेटेका छन् । सांसदहरू सोविता गौतम, अशिम साह, डा. चन्दा कार्कीले कारागारमा पुगेर रविलाई भेटेको खुलेको छ।

भेटका क्रममा रविले आफ्नो पक्षमा २५ लाख बढी सर्वसाधारणले मत दिने गरि चलाएको हस्ताक्षर अभियानका लागि नेताहरूप्रति आभार व्यक्त गरेका छन् । रविले अहिले रास्वपाको पक्षमा माहोल बनेको बताउँदै ‘ग्राउन्ड रियालिटी’ नभुली अभियानमा लागिरहन पनि भनेका छन् ।

रास्वपा अहिले संसदीय दलको नेताविहीन छ । सभापति लामिछानेको सांसद पद निलम्बित भएपछि संसदीय दलको नेता चयन गरिएको छैन ।

रविले दलको नेतामा कसैलाई कार्यवाहक तोकेका छैनन् । संसदीय दलमा संयोजको भूमिका उपनेता विराजभक्त श्रेष्ठले गर्दै आएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ३ : ०५ बजे

राष्ट्रिय खेलकुद परिषद्का ४४ जना पदाधिकारी भए पदमुक्त

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का ४४ जना पदाधिकारी पदमुक्त भएका छन्

सगरमाथा क्षेत्रमा भेटिएको शव ‘डिएनए’ परीक्षणका लागि काठमाडौँ ल्याइयो

काठमाडौं– सगरमाथा आधार शिविरदेखि दोस्रो शिविर तर्फ जाने बाटो निर्माणका

इरानी विदेशमन्त्री अराघची एक्कासी चीन जाँदै

तेहरान- इरानका विदेशमन्त्री अब्बास अराघचीले चीन भ्रमण गर्ने भएका छन्

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतको वाखेतमा पक्की सडक निर्माण भएको

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

काठमाडौं– सरकारले समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता