९ वर्षदेखि तामाकोशी पुल अलपत्र  « Khabarhub

९ वर्षदेखि तामाकोशी पुल अलपत्र 


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

दोलखा– २०७३ साल भदौमा दुई वर्ष भित्र निर्माण सक्ने गरी सम्झौता भएको दोलखा रामेछाप जोड्ने तामाकोशी आर्चब्रीज नौ वर्ष देखि अलपत्र पर्दासमेत उक्त पुल निर्माण कसैले चासो नदिएको पाइएको छ ।

दुई जिल्ला दोलखा-रामेछापका दर्जनौँ गाउँ तथा पालिका जोड्ने उक्त पुल ठेकेदारले अलपत्र पारेको झण्डै एक दशक बित्न लाग्दा समेत जिल्लाका जनप्रतिनिधि तथा राजनीति दहले चासो नदेखाउँदा ठेकेदारको मनोमानीमा पुल बेवारिसे बन्न पुगेको जिल्ला स्थित नागरिकहरूले दुखेसो गर्न थालेका छन् ।

निर्माण कम्पनी निलगिरी-नेशन जेभीले २०७३ भदौ २३ मा ठेक्का सम्झौता गरेर २०७४ असार १९ मा आर्च ब्रीजको डिजाइन स्वीकृत गरेर ५ वर्ष भित्र निर्माण सक्ने सहमति गरेको कम्पनीले हालसम्म करिब ५०/६० प्रतिशत भौतिक प्रगति गरे पनि त्यस पछिको निर्माण प्रगति शून्य रहेको छ ।

पुलका केही संरचना निर्माण गरेर वर्षौँदेखि अलपत्र छोड्दा निर्माण गरिएका आर्चको विम त के पिल्लसमेत अहिले खिया लागेर बेवारिसे बनेका छन् ।

पुलको ठेक्का सम्झौता पछि दुई वटा निर्वाचन सम्पन्न हुँदा समेत पुलको काम नसकिएको भन्दै स्थानीय रमेश कार्कीले जिल्लाबाट संघ प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि तथा जिल्लाका सक्रिय राजनीति दलप्रति आक्रोश व्यक्त गरे ।

दुई-दुई पटक स्थानीय तथा राष्ट्रिय निर्वाचनबाट दोलखाको विकासका मुद्दामा आवाज उठाउँलान् भनेर पठाएका सांसद तथा मन्त्रीले तामाकोशी पुल निर्माणको सन्दर्भमा नबोलेको देख्दा दुख लागेको कार्कीले बताए ।

जिल्लाबाट प्रतिनिधि गर्ने सांसदहरूले, संसदमा विषय उठाउन नगरेकै कारण पनि ठेकेदार निर्माणमा नफर्किएको उनको आरोप रहेको छ। 

उक्त पुल निर्माणको विषयलाई करिब नौ वर्ष पछि गत असारमा दोलखाका सांसद गंंगा कार्कीले भने प्रतिनिधिसभामा निर्माण ढिलाइ हुनुको कारण माग गरेका थिए । 

जिल्लाकै चार पालिकालाई जोड्ने पुल अलपत्र पर्दा यहाँका स्थानीय निराश र आक्रोशित बनेका हुन् ।

पुलसँगै ठेक्का लागेको ५४ किलोमिटर चरिकोट- जिरी सडक ५ वर्ष अघि निर्माण हुँदा ७५.१६ मिटर लम्बाइको पुल अलपत्र बन्दा स्थानीयवासी चिन्तित बनेका हुन् ।

भ्याट रकम सहित नौ करोड ७४ लाख ९६ हजार रुपियाँमा ठेक्का सम्झौता भएको लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत पर्ने तामाकोशी पुलमा ठेकेदारले सुरुवाती चरणको निर्माणमा ५ करोड ३६ लाख १९ हजार खर्च गरेर पुल अलपत्र पारेको हो ।

पुल योजना सडक पुल महाशाखा सेक्टर नम्बर-२ ललितपुरले तिन पटक निर्माण अवधिको म्याद थप गर्दा समेत पुल निर्माण नभएपछि अहिले असोज सम्मको लागि कम्पनीको पेस्की रकम रोकेर राखेको सडक पुल महाशाखा सेक्टर नम्बर-२ ललितपुरकी कार्यालय प्रमुख आरती शर्माले बताइन् ।

निर्माण कम्पनीले विभिन्न प्राविधिक समस्या देखाएर पुल निर्माणको कामलाई अघि बढाउन नसकेको बताउँदै आएको र चालु वर्षको मंसिरसम्म पुल निर्माण गर्ने जनाएको उनले बताइन् ।

निर्माण कम्पनी निलगिरी-नेशनल जेभीलाई ३ पटक म्याद थप गरे पनि ६० प्रतिशत भन्दा बढी भौतिक प्रगति हुन नसकेको देखिएको छ ।

अहिले नयाँ पुल अलपत्र बन्दा ४०/४५ वर्ष अघि निर्माण भएको जीर्ण अवस्थाको पुल बाट दैनिक सयौँ सवारी ओहोरदोहोर गर्दै आएका छन् ।

यता निर्माण कम्पनी निलगिरी-नेशनल जेभीका प्रमुख युवाराज डाँगीले यस अघि विभिन्न प्राविधिक/आर्थिक समस्याले काम अघि बढाउन नसकिए पनि अब आयोजनाले थपेको अन्तिम पटकको समय भित्र पुलको निर्माण कार्य सक्ने बताए ।

उनले  पेटीमा  काम दिएकाले पनि समस्या भएको र अब आफैँले काम सक्ने बताए। उनका अनुसार असोज भित्र पुलको निर्माण सामग्री ढुवानी गरेर फागुन भित्र काम सक्ने बताए। -सुवाश बस्नेत/ दोलखा

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ३ : २६ बजे

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

हुम्ला – खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – आइतबार दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी