इन्द्रबहादुर बानियाँ दलको नेतामा विजयी « Khabarhub

इन्द्रबहादुर बानियाँ दलको नेतामा विजयी


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ पार्टीको बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित भएका छन् । बुधबार प्रदेश राजधानी हेटौडामा भएको निर्वाचनबाट उनी मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गर्दै दलको नेतामा निर्वाचित भएका हुन् । 

कांग्रेसबाट निर्वाचित ३७ प्रदेशसभा सदस्यमध्ये बानियाँको पक्षमा २२ र मुख्यमन्त्री लामाको पक्षमा १४ मत खसेको छ । एक मत बदर भएको छ । यसअघि मंगलबार संसदीय दलको बैठकमा मुख्यमन्त्री लामाविरुद्ध दर्ता भएको अविश्वासको मत बहुमतले पारित भएको थियो ।
 
दलको नेता रहेका मुख्यमन्त्री लामाविरुद्ध बानियाँले २१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित साउन ९ गते प्रदेश संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । प्रस्ताव दर्ता भएकै दिन लामाले बागमती प्रदेशको मुख्यमन्त्री पद सम्हालेको ठीक एक वर्ष पुगेको थियो । 

कांग्रेसको प्रदेश संसदीय दलको विधानको धारा १८ (६) मा ‘संसदीय दलका २५ प्रतिशत सदस्यले नेतामाथि अविश्वास प्रकट गरी सो प्रस्तावमा छलफलका निम्ति संसदीय दलको बैठक बोलाउन सदस्य सचिवसमक्ष लिखित निवेदन दिन सक्ने’ व्यवस्था छ । 

यस्तै धारा १८ (७) मा उपधारा (६) बमोजिम लिखित सूचना प्राप्त भएमा सदस्य सचिवले प्रदेश समितिमार्फत् केन्द्रीय समितिलाई सो कुराको जानकारी दिई १५  दिनभित्र दलको बैठक बोलाउने’ प्रावधान राखिएको छ । तर, मुख्यमन्त्री लामाले अविश्वासको प्रस्ताव दर्ता भएको पाँचौ दिनमै दलको बैठक बोलाएका थिए । 

०७९ पुस १३ गते भएको संसदीय दलको नेताको चुनावमा बानियाँ लामासँग पराजित भएका थिए । तत्कालीन समयमा लामाले २१ मत प्राप्त गर्दा बानियाँले १६ मत ल्याएका थिए । उनीहरू दुबै कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवानिकट नेताहरू मानिन्छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ४ : १७ बजे

बालेन सरकारविरुद्ध प्रमुख विपक्षी दलको मोर्चाबन्दी

काठमाडौं- संसदमा प्रतिनिधित्व गर्ने प्रमुख विपक्षी दलहरूले वालेन्द्र शाह (बालेन)

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर– सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक हजार

बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु

काभ्रेपलाञ्चोक– बनेपा नगरपालिकामा बालश्रममुक्त उद्योग घोषणा अभियान थालिएको छ ।

तारकेश्वरको थापागाउँमा सार्वजनिक जग्गाको संरक्षण गरिँदै

काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका–७ फुटुङमा अतिक्रमण गरी भाडामा लगाइएका सार्वजनिक

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा– चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा